back
CTIZAN AD

चार सन्तानसहित कर्णालीमा हाम फालिन् सुकी, दुई छोरीको भेटियो शब

वि.सं.२०७७ फागुन २५ मंगलवार

912 

shares

२४ फागनु, दैलेख । दैलेखको आठविस नगरपालिका ३ निमाइलकी एक महिलाले ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेको समाचार प्राप्त भएको छ ।

आइतबारै बेलुका घरबाट निस्किएकी ३२ वर्षीया सुकी बडुवालले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी हुन् । उनका दुई छोरी १२ वर्षीया सरिता वडुवाल र १४ वर्षीया कल्पना बडुवालको शब घरदेखि झण्डै १ घण्टाको दूरीमा रहेको अछामको बेलाखेत नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

‘ सोमबार दिउँसो साढे २ बजेतिर त्यहाँ शब भेटियो, कसको हो भनेर सनाखतका लागि हामीले सबैतिर खोजि गर्यौ निमाइलका ४० वर्षीया मान बहादुर बडुवालकी छोरीहरु रहेछन्,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इन्सपेक्टर तथा सूचना अधिकृत राजेश साहुले संसारन्युजसँग भने, ‘बुझ्दै जाँदा उहाँकी श्रीमतीसहित ५ जना छोराछोरी बिहानैदेखि हराइरहेका रहेछन् ।’

इन्सपेक्टर साहुका अनुसार हराइरहेका मान बहादुर बडुवालकी श्रीमती ३२ वर्षीया सुकी बडुवाल, १० वर्षीय छोरा ललित वडुवाल र ८ वर्षीया छोरी रजनी बडुवालको खोजी कार्य भइरहेको छ ।

उनीहरु के कारणले नदीमा हाम फाले भन्ने अनुसन्धान भइरहेको पनि सूचना अधिकृत साहुले बताए । file photo

गरिबी भन्दा पनि जनचेतनाको अभावमा हो की !


आठविस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले गरिबीले भन्दा पनि जनचेतनाको अभावले उनीहरुले त्यसो कदम उठाएको हो कि भन्ने बताउँछन् । संसारन्युजसँगको कुराकानीमा उनले श्रीमान रक्सी सेवन गरेर आउने र झगडा गर्ने गरेका कारण त्यस्तो कदम चालेको हो कि भन्ने बताए ।

‘श्रीमान मापसे गरेर आउँदा रहेछन् । झगडा पनि हुँदो रहेछ । आइतबार दिउसो उनले कतैबाट खोजेर ल्याएको ६ हजार रुपैयाँमध्ये ४ हजार श्रीमतीलाई दिएर २ हजारको रक्सी खान्छु भन्दै घरबाट हिँडेका रहेछन्,’ संसारन्युजसँग उनले भने‘ रक्सी खाएर बेलुका घर आउँदा परिवारलाई नदेखेपछि माइत गएका होलान् भनेर उनले बिहानको रोटी खाएर सुतेका रहेछन् । बिहान उठेर उनी गाइवस्तु लिएर जंगल गएका रहेछन् ।’

नगरप्रमुखका अनुसार पारी अछामको बेलाखेत र वारी दैलेखको गाक्छी हुँदै बग्ने कर्णाली नदीमा माछा मार्ने क्रममा जालमा दुवै दिदीवहिनीको शब भेटिएपछि घटनाका बारेमा खोजी भएको थियो ।

‘आइतबार दिउँसो घरबाट डोको बोकेर घाँस काट्न जाने भनेर निस्केकी रहिछन् सुकी बडुवाल । छोराछोरी पनि स्कुलबाट आएर उनकै पछि–पछि लागेका रहेछन् ।’

उनीहरु चारैजना आठविस नपा, वडा नं ३ को नेपाल राष्ट्रिय माध्यमीक विद्यालयमा कक्षा ७, ६,४ र २ मा पढ्ने विद्यार्थी रहेको पनि नगरप्रमुख उपाध्यायले जानकारी दिए ।

अछाम र दैलेख जिल्ला प्रहरी कार्यालयको टिम तथा गोताखोर प्रयोग गरेर उद्धारमा लागिरहेको पनि नगरप्रमुख उपाध्यायाले जानकारी दिए ।

वि.सं.२०७७ फागुन २५ मंगलवार ०९:३१ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...