फागुन २६, काठमाडौं । एकै पटक तीन वटा कम्पनीको आईपीओ आउने भएको छ । जीवन विकास लघुवित्त, सयपत्री हाइड्रोपावर र मनकामना स्मार्टले प्रथम शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेका हुन् ।
यी तीन कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदनसमेत दिईसकेका छन् ।
जीवन विकास लघुवित्तले १९ करोड ७७ लाख रुपैयाँ, मनकामना स्मार्ट लघुवित्तले ८९ लाख रुपैयाँ बराबरको र सयपत्री हाइड्रोपावरले ९ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासनको लागि धितो बोर्डमा निवेदन दिएका छन् ।
वि.सं.२०७७ फागुन २६ बुधवार १७:१७ मा प्रकाशित






























