२७ फागुन, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अछाममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘शुभेच्छा ट्रेडर्स एन्ड सप्लायर्स’ को उद्घाटन गरेको छ ।
कम्पनीले प्रोपाइटर भरत खड्कालाई डिलरसिप दिएको जनाएको छ । सोरुमको उद्घाटन कम्पनिका महाप्रबन्धक योगेन गुरुङले गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनले सो रुमबाट बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउने विश्वास कम्पनिको रहेको बताएका छन् ।
शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ ।
वि.सं.२०७७ फागुन २७ बिहीवार १०:११ मा प्रकाशित






























