back
CTIZAN AD

शाई होपको सतकमा वेस्टइंडिज पहिलो एकदिवसीयमा विजयी

वि.सं.२०७७ फागुन २७ बिहीवार

597 

shares

२७ फागुन, काठमाडौँ । श्रीलंका र वेस्टइंडिज बिचको पहिलो एकदिवसीयमा वेस्टइंडिजले ८ विकेटले जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले पुरै ५० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । श्रीलंकाको टिम ४९ ओभरमा २३२ रन बनाएर अलआउट हुन पुगेका थियो । श्रीलंकाका लागि ब्याटिङ्गमा ३ खेलाडीले अर्धसतक बनाएका थिए । अर्धसतक बनाउने खेलाडीमा दनुष्का गुणथिलाका, कप्तान दिमुथ करुणारत्ने र एशेन बान्डारा रहेका थिए । दनुष्का गुणथिलाका ५५, दिमुथ करुणारत्ने ५२ र एशेन बान्डारा ५० रन बनाएर आउट भएका थिए । वेस्टइंडिजका लागि बलिङ्गमा भने जेशन होल्डर र जेशन मोहम्मदले सर्वाधिक २/२ विकेट लिएका थिए ।

श्रीलंकाले दिएको २३३ रनको लक्ष्य वेस्टइंडिजले ४७ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । वेस्टइंडिजका लागि शाई होपले आफ्नो एकदिवसीय करियरको १० औँ सतक जडेक थिए । उनी ११० रन बनाएर आउट भएका थिए । त्यसैगरी इविन लुइसले पनि ६५ रनको पारी खेलेका थिए । श्रीलंकाका लागि २ विकेट दुश्मन्था चमिराले लिएका थिए ।

जितसँगै वेस्टइंजिडले ३ खेलको एकदिवसीय श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७७ फागुन २७ बिहीवार १०:१८ मा प्रकाशित

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...