
२७ फागुन, काठमाडौँ । श्रीलंका र वेस्टइंडिज बिचको पहिलो एकदिवसीयमा वेस्टइंडिजले ८ विकेटले जित हासिल गरेको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले पुरै ५० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । श्रीलंकाको टिम ४९ ओभरमा २३२ रन बनाएर अलआउट हुन पुगेका थियो । श्रीलंकाका लागि ब्याटिङ्गमा ३ खेलाडीले अर्धसतक बनाएका थिए । अर्धसतक बनाउने खेलाडीमा दनुष्का गुणथिलाका, कप्तान दिमुथ करुणारत्ने र एशेन बान्डारा रहेका थिए । दनुष्का गुणथिलाका ५५, दिमुथ करुणारत्ने ५२ र एशेन बान्डारा ५० रन बनाएर आउट भएका थिए । वेस्टइंडिजका लागि बलिङ्गमा भने जेशन होल्डर र जेशन मोहम्मदले सर्वाधिक २/२ विकेट लिएका थिए ।
श्रीलंकाले दिएको २३३ रनको लक्ष्य वेस्टइंडिजले ४७ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । वेस्टइंडिजका लागि शाई होपले आफ्नो एकदिवसीय करियरको १० औँ सतक जडेक थिए । उनी ११० रन बनाएर आउट भएका थिए । त्यसैगरी इविन लुइसले पनि ६५ रनको पारी खेलेका थिए । श्रीलंकाका लागि २ विकेट दुश्मन्था चमिराले लिएका थिए ।
जितसँगै वेस्टइंजिडले ३ खेलको एकदिवसीय श्रृखलामा १-० ले अग्रता लिएको छ ।