
२९ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ ।
शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले माओवादी केन्द्र तर्फका संघीय मन्त्रीहरूलाई फिर्ता बोलाउने लगायतको निर्णय गरेको हो ।
बैठकले एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय समेत गरेको छ ।
त्यस्तै २०७७ चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सुचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ तर २०७७ चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको जनाएको छ ।
यी हुन् माओवादी केन्द्रको २०७७ फागुन २९ गते बसेको स्थायी समिति बैठकले गरेको निर्णयहरु :
१) माओवादी केन्द्र तर्फका संघिय मन्त्रीहरूलाई फिर्ता बोलाउने ।
२) एमालेको कमिटीमा राखिएका ।संघिय तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने ।
३) २०७७ चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सुचना नआएसम्मका लागि स्थगित भएको छ ।
४) २०७७ चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको छ ।
File Pic