back
CTIZAN AD

बैठकमा अनुपस्थित हुनेलाई कार्वाही गर्ने ओलीकाे चेतावनी

वि.सं.२०७७ फागुन २९ शनिवार

732 

shares

२९ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा अनुपस्थित हुनेलाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।

अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले शनिबार राजधानीमा आयोजना गरेको १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा आयोजित कार्यक्रममा माधव नेपाल–झलनाथ खनाल पक्षलाई इंगित गर्दै उनले चैत ७ गतेको बैठकमा नआए कारबाही गर्ने चेतावनी दिएका हुन्।

कार्यक्रममा सम्बोधन गर्दै उनले मञ्चबाटै केन्द्रीय कमिटीको बैठकमा उपस्थित हुन माधव–झलनाथ खनाल पक्षलाई आग्रह समेत गरेका छन् ।

‘७ गते केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’ उनले भने ।

उनले आफूले कसैलाई पनि जिम्मेवारीबाट नहटाएको बताउँदै केही साथीहरुलाई काम गर्ने जिम्मेवारी दिइएको स्पष्ट पार्दै आगामी बैठकबाट छलफल गरेरै अघि बढ्ने समेत बताए ।

आफूविरुद्ध प्रचण्ड–नेपाललगायतले माकुराको जालो थापेको बताउँदै उनले ठट्यौली पारामा भने ‘माकुराले थापेको जालोमा भैसी पर्दैन ।’ प्रचण्ड–नेपालले बनाएको जालो नै कमजोर रहेको समेत बताए ।

आफू नेतृत्वको सरकारलाई हटाउने प्रयास भैरहेको भन्दै उनले आफू नेतृत्वको सरकार नरहे पनि अब हुने चुनावबाट फेरि दुई तिहाइ बहुमत ल्याएर फेरि सिंहदरबार पस्ने बताए ।

‘हटाउने प्रयास भइरहेको छ । तर, २० महिनापछि फेरि यो पार्टी, सूूर्य चिन्हधारी पार्टी, नेकपा एमाले नामको पार्टी, दुुई– तिहाई लिएर सिंहदरबारबाटे मुलगेटबाट फेरि पस्छ ।’ उनको भनाई रहेको छ ।

वि.सं.२०७७ फागुन २९ शनिवार १६:२५ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...