back
CTIZAN AD

आहा रारा गोल्डकप फुटबलमा आठ टोलीको सहभागिता रहने

वि.सं.२०७७ फागुन २९ शनिवार

657 

shares

२९ फागुन, कास्की । मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन् ।

‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरौैँ’ भन्ने उद्देश्यसहित सहारा क्लब पोखराको आयोजनामा आगामी चैत २१ देखि २८ गतेसम्म सञ्चालन हुने १९औँ संस्करणको प्रतियोगितामा विदेशी एकसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब नेपाल आयल निगम, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार, नेपाल एपिएफ क्लब, सङ्कटा क्लब, मछिन्द्र क्लब र आयोजक सहारा क्लबले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष केशबहादुर थापाले जानकारी दिए । यसैगरी विदेशी टोली अफ्रिकन रुट एशोएशन, डउला क्यामरुन सहभागी हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

यस वर्ष ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७’ बाट एक जना राष्ट्रिय टोलीका खेलाडीलाई नगद रु ३५ हजार, प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिने आयोजकले जनाएको छ । यस वर्षदेखि राजनीतिज्ञ एवं उद्योगी स्व सूर्यबहादुर केसीको स्मृतिमा उत्कुष्ट पाँच विधाको पुरस्कार अर्पण गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको आकर्षकका रुपमा रहेको निर्णायक ट्रफी (रेफ्री), वेष्ट अफ फाइभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडललगायत म्यान अफ दि म्याच नगद पुरस्कार सहारा युकेले उपलब्ध गराएको छ ।

पर्यटकीय शहर पोखरालाई ‘स्पोर्टस हब सिटी’का रुपमा परिचित गराउँदै, नवप्रतिभावान फुटबल खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्ने लक्ष्यसहित प्रतियोगितालाई निरन्तरता दिइएको बताइन्छ । प्रतियोगितामा अनुमानित रु एक करोड २९ लाख एक हजार आम्दानी भई प्रतियोगिता सञ्चालनमा रु एक करोड एक लाख ८१ हजार खर्च हुने क्लबले जनाएको छ । प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकका रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले गरेको छ ।

सहाराले क्याराभान गोल्ड कपसहित २० वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको प्रतियोगिताबाट बचत हुन आएको रकम क्लबबाट पोखरा–१७ दोविल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालक आश्रित छन् । विसं २०७० देखि उनीहरुले आवासीयरुपमा स्वास्थ्य, शिक्षा, दिक्षालगायत फुटबल प्रशिक्षण गर्दै आएका छन् । रासस

वि.सं.२०७७ फागुन २९ शनिवार १४:५७ मा प्रकाशित

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...