back
CTIZAN AD

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, बादलसहितको समूहलाई कारबाही गर्ने तयारी

वि.सं.२०७७ चैत १ आइतवार

606 

shares

चैत १, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश शाहका अनुसार बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुबीच समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुनेछ । साथै एमालेमा लागेका नेताहरुबारे सोधिएको स्पष्टीकरणबारे निर्णय हुने उनले जनाए ।

उनका अनुसार सत्ता समीकरण र सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि बैठकले निर्णय गर्नेछ ।

यसअघि शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा रहेको ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा प्रवेश गरेका २३ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । बैठकले माओवादीबाट सरकारमा सहभागी रामबहादुर थापा बादल, लेखराज भट्टसहितका मन्त्रीलाई फिर्ता बोलाउने र २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

साथै आजको बैठकमा पार्टीको नाम फेर्ने एजेण्डाका विषयमा पनि छलफल हुनसक्ने जनाइएको छ ।

वि.सं.२०७७ चैत १ आइतवार १०:५९ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...