back
CTIZAN AD

अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी

वि.सं.२०७७ चैत १ आइतवार

663 

shares

१ चैत्र, सिमकोट । हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

तरकारी उत्पादन गर्दा धेरै परिश्रम पनि गर्नु नपर्ने र बिक्री पनि नियमित हुने भएपछि जिल्लाका अधिकांश कृषक त्यसतर्फ जुटेका छन् । यहाँका सिमकोट, खार्पुनाथ, सर्केगाड, नाम्खा, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका कृषक बेमौसमी तरकारीबाट घर खर्च गर्नसमेत सहज भएको बताउँछन् ।

यस समयमा सिमकोट गाउँपालिका–४ हेल्दुङगाउँका ३० घरधुरी बेमौसमी तरकारीबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक गगन शाहीले बताए । उनले भने, “हिउँदयाममा घरमा त्यत्तिकै बस्नुभन्दा समयको सदुपयोग हुने र बालबालिकाका लागि कापी, कलमदेखि घरपरिवारलाई खाद्यान्नको पनि जोहो गर्न सजिलो हुने भएपछि यस पेशालाई सौभाग्यका रूपमा लिइएको छ ।”

हिउँदको समयमा बेमौसमी तरकारी बोकेर सदरमुकाम सिमकोट पु¥याउँदा एक मुठा सागको रु ३० र धनियाँ रु २० मा बिक्री गर्ने गरेको कृषक शाहीले बताए। आफूले आफ्नो घरमा बेमौसमी तरकारीका लागि ग्रिनहाउस हालेर बाक्लो तरकारी फलाउने गरेको उनले जानकारी दिए । यसबाट महिनाको करिब रु सात हजारसम्म कमाउने गरिएको उनले बताए।

सदरमुकाम सिमकोट आसपासका गाउँमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दा आम्दानीको राम्रो स्रोत बने पनि सदरमुकाम बाहिरका अधिकांश गाउँपालिकाका कृषकलाई भने उत्पादन गरेको तरकारी बिक्रीका लागि बजार नपाउँदा समस्या भएको बताइएको छ । रासस

वि.सं.२०७७ चैत १ आइतवार १०:२० मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...