१ चैत्र, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आजबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।बैंकले ८ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाममा ऋणपत्र निष्कासन गरेको हो ।
जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकोमा ५ प्रतिशत सामूहिक लगानी कोषको हिस्सा रहनेछ ।
लगानीकर्ताले यस ऋणपत्रमा छिटोमा चैत्र ४ गतेसम्म र ढिलोमा चैत्र १६ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गरेको छ । लगानीकर्ताले सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
बैंकले प्रकाशन गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ चैत १ आइतवार १०:४४ मा प्रकाशित





























