back
CTIZAN AD

मुटुरोगबाट जोगिन कस्तो खानेकुरा खाने ? यस्तो छ मुटुरोग विशेषज्ञ डा.ओममूर्तिको सल्लाह

वि.सं.२०७७ चैत १ आइतवार

1.2K 

shares

काठमाडाैं । असावधानीपूर्वक खाएको खानाले शरिरलाई फाइदा होइन कि हानी हुन्छ । त्यसैले यस्तो खाना खानुहोस् जुन खाना हरेक रोगका लागि औषधि नै बनेर शरिरको रक्षा गरोस् ।

वरिष्ठ मटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले पनि यहि सुझाव दिन्छन् । उनका अनुसार यस्तो खाना खानुहोस् कि रोग लागेको बेलामा पनि खानाले नै औषधिको काम गरोस् । यदि तपाईको खाना राम्रो छैन भने तपाइलाई औषधिले पनि सहि काम गर्दैन । साथै यदि तपाइले दैनिकी खाने खाना नराम्रो छ भने त्यसले स्लो प्वाइजनको रुपमा काम गर्दछ ।

हामी जीवनभरीमा कति खाना खान्छौं ? त्यसको प्रभाव शरिरमा हुन्छ । दैनिक खाना अलि–अलि पनि विग्रिएको छ भने त्यसले हाम्रो शरिरमा दुरगामी असर पार्दछ । हामीलाई पछि मात्र थाहा हुन्छ सुगर, प्रेसर मोटोपना भयो भनेर । यी सबै हामीले सानो सानो कुरामा ध्यान नदिएर बानी बिगारेका कारण हो ।

धेरै मानिसहरु ओभर न्युट्रिशियनको सिकार भइरहेका छन्

हामीसँग खाना खानको लागि पैसा छ । हामी आफ्नो रोजाइ अनुसारको खाना खान्छौं । यसकारण पनि संसारभर मानिसहरुको विभिन्न कारणले मृत्यु हुने तथा विभिन्न रोगको सिकार भइरहेका छन् । यसको कारण हो ओभर न्युट्रिसियन । एकदिन नखाएर वा कम खाएर हामी स्वास्थ्य हुन्छौं तर, खानाको गलत रोजाइले हामीलाई समस्यामा पारिरहेको हुन्छ ।

स्वादिलो होइन स्वास्थ्यवद्र्धक खाना खाऔं

हामी सबैलाई मिठो खाना मनपर्छ । हामी स्वादको लागि खाना खाइरहेका छौ र स्वादलाई नै बढी प्राथमिकता दिइरहेका हुन्छौं । तर खाना स्वादिलो बनाउने क्रममा हाम्रो स्वास्थ्यसँग सम्झौता गर्न हुँदैन । जुन स्वास्थ्यवद्र्धक खाना हो, त्यो स्वादिलो हुँदैन । जुन खाना स्वादिलो हुन्छ त्यसमा नुन, चिल्लो र गुलियो कुराको प्रयोग बढी भएकाले त्यो हाम्रो स्वास्थ्यका लागि राम्रो हुँदैन । स्वादिलो र मिठो दुवैलाई ब्यालेन्स गरेर खान सकियो. भने त्यो अत्यन्तै उपयोगी हुन्छ । तर यसका केही बाधकहरु छन् । एउटै खाना स्वादिलो र स्वाथ्यवर्दक किन हुनसक्तैन ? यसमा तीनवटा बाधकहरु छन् ।

पछिल्ला दिनमा स्वार्थवद्र्धक खानाहरु साग सब्जी लगायत अलि महँगो पनि भएको छ । अर्को स्वस्थ्य आहारको उपलब्धतामा पनि कमि छ । अझ त्यसमा पनि मानिसमा ज्ञानको कमि भएको मलाई लाग्दछ । खानाको सहि जानकारी नहुँदा हामीले गलत खानाको प्रयोग गरिरहेका छौं ।

यी हुन् मुटु स्वस्थ राख्ने खानेकुरा - Gandak News

खानाको सहि पहिचान गरौं

हाम्रो खाना कस्तो हुनुपर्छ भन्ने कुरा हामीलाई थाहा हुन जरुरी छ । हामी जुन खानेकुरा खान्छौं त्यसको बारेमा एनलाइसिस गर्न जान्नुपर्छ । कुनैपनि खानामा काब्रोहाइड्रेड, प्रोटिन, फ्याट, भिटामिन्स र मिनरल्स तथा फाइबर कति छ भन्ने जान्नुपर्छ ।

विगत केही समयदेखि फाइबरको धेरै महत्व हुन थालेको छ । फाइभरका कारण आन्द्रामा रहेको कोलेष्ट्रोल घटाउन धेरै सहयोग गर्छ । जसले गर्दा आन्द्राको क्यान्सर हुनबाट पनि बचाउँछ । त्यसैले पनि हामीले खाने खानामा फाइबरको मात्रा कति छ भन्ने हेर्न जरुरी छ । साथै खानामा प्रयोग गरिने मसलाहरु राम्रो हुन्छ । तर त्यसमा नुन र तेलको मात्रा घटाएर मसला सहिरुपमा प्रयाप्त प्रयोग गर्न सकिन्छ ।

भात

चामलमा कार्बोहाइड्रेड अत्यधिक हुन्छ । फ्याट, प्रोटिन तथा फाइबर कम हुन्छ । सबैतिरबाट हेर्दा भातलाई राम्रो खाना मानिदैन । चामलको सतहमा हुने फाइदाजनक कुराहरु मिलबाटै हटेर आउँछ । साथै पखाल्दा पनि त्यसमा भएका फाइदाजनक कुराहरु पनि हट्छन् । जसमा कार्बोहाइड्रेड मात्र बचेको हुन्छ । भात खानै नहुने र धेरै मात्रामा खानुपर्दा हामीले कार्बोहाइड्रेड बढी लिइरहेका हुन्छौ भातबाट । त्यसले दुरगामी असर पार्दछ । अनुसन्धानका क्रममा कार्वोहाइड्रेडको बढी प्रयोगले पछि मधुमेह, उच्च रक्तचाप, मुटुरोग लगायतका समस्याहरु देखिन्छन् । भात खानामा जति कम छ त्यो राम्रो मानिन्छ ।

मकै, गहुँ र जाै

प्रोटिन तथा फाइबरको मात्रा बढी हुन्छ । साथै कार्बोहाइड्रेड कम हुन्छ । अझ मकै र गहुँ भन्दा पनि जौं अत्यधिक राम्रो मानिन्छ । यसमा फाइबरको मात्रा अत्यधिक हुन्छ । त्यसैले पनि एक टाइम भात र एकटाइम रोटी खाने गरेमा स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । मकै र गहुँमा फाइबरको मात्रा बढी हुन्छ । यदि भातको मात्रा घटाएर मकै गहँु र जहुँको मात्रा बढायौं भने स्वास्थ्यका लागि निकै राम्रो हुन्छ ।

दाल र गेडागुडी

दाल र गेडागुडी हाम्रो शरिरको लागि सबैभन्दा उपयोगी खाना हो । यो सस्तो भएकाले सबैको भान्सामा प्रयोग गर्न सकिन्छ । केही रोग भएका व्यक्तिहरु बाहेक अन्य व्यक्तिलाई गेडागुडीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ । यसमा कार्बोहाइड्रेड निकै कम हुने र प्रोटिनको मात्रा धेरै हुने तथा फाइबरको मात्रा पनि राम्रो हुन्छ । तर, ध्यान दिनुपर्ने कुरा दाल तथा गेडागुडी पकाउने बेलामा त्यसलाई तेल र घिउ हालेर धेरै भुट्नु हुँदैन । साथै भातको मात्रा घटाएर गेडागुडीको मात्रा बढाउनु अत्यन्तै राम्रो हुन्छ ।

तरकारी र सागसब्जी

तरकारी र सागसव्जीमा कार्बोहाइड्रेड निकै कम हुन्छ । प्रोटिन तथा फाइबरको मात्रा अत्यधिक हुन्छ । सागमा हुने फाइबरको मात्राले शरिरमा रहेको कोलेष्ट्रोल घटाउँछ । सुगरको मात्रा घटाउने र मुटु रोग र अन्य रोग लाग्नबाट बचाउँछ । प्रत्येक दिन तीनदेखि ४ पटक तरकारी खान राम्रो हुन्छ । तर ख्याल गर्नुपर्ने कुरा तरकारी पकाउँदाखेरी त्यसलाई धेरै तेल हालेर धेरैबेरसम्म भुट्नु हुँदैन । नुन कम हाल्ने । हाम्रो समाजमा सबैलाई फ्राइ गरेको खानेकुरा मनपर्छ । तर, कहिलेकाँही फ्राइ गरेको वा कम तेल प्रयोग गरेर खान सकिन्छ । त्यस्तोबेला सागसव्जीको प्रयोग धेरै गनुपर्छ ।

आलुको प्रयोग

आलुको बारेमा विभिन्न धारणा छन् । आलु स्वास्थ्यको लागि नराम्रो होइन । आलुमा फस्फोरसको मात्रा बढी हुन्छ । बाहिरी सतहमा रहेको बोक्रामा फाइबरको मात्रा बढी हुन्छ । मधुमेहका विरामीले पनि एकदिनमा मध्यम आकारको एउटा आलु खान सक्छन् । यदि हामी धेरै आलु खान्छौ भने त्यो स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यदि हामीले आलुलाई फ्राइ गरेर खान्छौ भने त्यो झन नराम्रो कार्बोहाइड्रेडमा परिणत हुन्छ । उसुनेर बोक्रासहित खाएको आलु राम्रो हुन्छ ।

फलफूल अत्यन्तै फाइदाजनक

फलफूल जति खान्छौं स्वास्थ्यका लागि त्यति नै राम्रो हुन्छ । एउटा स्वास्थ्य व्यक्तिले प्रत्येक दिन कम्तिमा पनि दुइवटा मध्यम आकारको जुनसुकै फल खान सक्छन् । महँगो र बजारमा फाइने फल नै खानुपर्छ भन्ने होइन । आफ्नो वरपर र बगैचामा फलेका मौसमी फल जुनसुकै फलको पनि प्रयोग गर्न सकिन्छ ।

ड्राइ फ्रुट्स

धेरै व्यक्तिमा ड्राइ फ्रुट्स नराम्रो हो भन्ने सोच रहेछ । ड्राइ फ्रुट्स शरिरका लागि निकै उपयोगी कुरा हो । यसले राम्रो कोलेष्ट्रोलको वृद्धि गर्दछ । यो महँगो भएकाले सकिन्छ भने दिनको आधा मुठी वा एकमुठि ड्राइ फ्रुट्स खान सकेमा यसमा प भएको फ्याटले हाम्रो गुड कोलेस्ट्रोलललाई बढाउन सहयोग गर्दछ ।

दूध र दुग्धजन्य पदार्थ

दूध तथा दूग्ध जन्य पदार्थमा फ्याटको मात्रा बढी हुन्छ । त्यसैले एक स्वस्थ्य व्यक्तिले दूध र दूधजन्य खानेकुराहरु सकेसम्म नखाँदा राम्रो हुन्छ । दूधको प्रयोग बालबालिका, गर्भवति महिला, पोषणको सिकार भएका र रोगी विरामीका लागि दूधको प्रयोग राम्रो हुन्छ । दूधको तुलनामा दही र मोहीमा फ्याटको मात्रा निकै कम हुने हुनाले यसको प्रयोग गर्न सक्छौ । यसमा क्यालोरी पनि कम हुन्छ ।

खाने तेल

खाने तेलमा अनसेच्युरेड फ्याट हुन्छ । जसले शरिरमा गुड कोलेस्ट्रोल बढाउँछ । यो स्वास्थ्यका लागि राम्रो हो । तर यसको धेरै प्रयोग गर्दा यसमा भएको क्यालोरीले हाम्रो शरिरमा बोसोको मात्रा बढाउने र नराम्रो असर गर्दछ । साथै तेललाई धेरैबेरसम्म ततायो भने यो अनस्याचुरेटेडबाट स्याचुरेटेड फ्याटमा परिणत हुन्छ । जुन स्वास्थ्यका लागि नराम्रो हुन्छ । घिउको प्रयोग कम गर्दा नै राम्रो हुन्छ । साथै बनस्पति घिउको मात्रा शून्य नै प्रयोग हुनुपर्छ । त्यस्तो घिउ प्रयोग गर्दा हाम्रो मुटुमा ब्लकेज हुनसक्छ ।

फास्टफुड र रेडिमेड खानेकुराहरु

आजभोली धेरै मानिसहरु बाहिर गएर फास्टफुड तथा रेष्टुरेण्टमा गएर स्वादिलो खाना खान मन पराउँछन् । तर, कहिलेकाँही थोरैमात्रामा बाहिरको खाना खानु र सधै खानुमा धेरै फरक पर्दछ । फास्टफुड र रेडिमेड खानाहरु हाम्रो स्वास्थ्यको लागि कुनैपनि दृष्टिकोणबाट फाइदाजनक छैन । होटल रेष्टुरेण्टमा पकाइएको खानाको शुद्धतामा म कमेन्ट गर्दिन । तर, त्यसमा प्रयोग गरिने फ्याटको मात्रा नुन तथा जुन तरिकाले त्यो पकाइएको हुन्छ तेलललाई पुनः प्रयोग गरिएको हुन्छ त्यसले हाम्रो शरिरलाई निकै हानी गर्दछ । यदि तपाइ एकदिन तपाई बाहिर खानुहुन्छ भने त्यो एक महिनाको बराबर हुन्छ ।

वि.सं.२०७७ चैत १ आइतवार १७:३८ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं ।  १३औँ विश्व अटिजम सचेतना दिवस नेपालसहित विश्वभर विभिन्न...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा...

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

ललितपुर । नेपालमै पहिलो पटक आयोजना गरिएको ‘एड्भान्स ट्रेनिङ एण्ड...