back
CTIZAN AD

माधव नेपालको प्रस्ताव : पार्टी विवाद हल गर्न कार्यदल बनाऔं

वि.सं.२०७७ चैत २ सोमवार

624 

shares

चैत २, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदल बनाएर पार्टीभित्रको विवाद समाधान खोज्न प्रस्ताव राखेका छन् । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलका क्रममा उनले यस्तो प्रस्ताव राखेका हुन् ।

तर, प्रधानमन्त्री ओलीले भने उनको प्रस्तावलाई अस्वीकार गरेका छन् । ओलीसँगको वार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले फागुन २८ सम्मलाई शुन्य अवस्था मान्दै बाँकी विवादको हल कार्यदलमार्फत खोज्न प्रस्ताव राखेको बताए ।

‘२८ गतेको बैठकको वैधानिक छैन, त्यसलाई शून्य अवस्थामा पुर्‍याइदिऊँ, त्यसपछि सिंगो स्थितिको बारेमा बसेर छलफल गरौं, कार्यदल पनि बनाउन सकिन्छभन्दा त्यो स्वीकार्य भएन,’ नेता नेपालले भनेका छन् ।

आजको छलफलमा ओली पक्षले भने फागुन २८ को बैठक र त्यसका निर्णयलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने अडान राखेको थियो । बहुमत पक्षको निर्णय नै मान्य हुनुपर्ने ओली पक्षको अडान थियो ।

आजको बैठकमा ओली पक्षले आगामी चैत ७ मा बोलाएको बैठकमा सहभागी हुन माधव पक्षलाई आग्रह गरेको छ । तर, माधव पक्षले भने फागुन २८ को निर्णय फिर्ता बिना सम्भावना नरहेको स्पष्ट पारेको छ ।

सर्वोच्च अदालतको फैसलासँगै नेकपा (एमाले) पूर्ववत अवस्थामा फर्किएको थियो । पूर्ववत अवस्थामा फर्किए पनि एमालेभित्रको दुई पक्षले आ–आफ्नै भेला र बैठकहरु चलाउँदै आएका छन् ।

गत फागुन २८ मा ओलीले पक्षले केन्द्रीय समितिको बैठक बसाल्दै माधव पक्षका नेताहरुलाई जिम्मेवारीबाट मुक्त गराएको थियो । जसपश्चात माधव पक्षले समानान्तर कमिटीको घोषणा गर्दै राष्ट्रिय कार्यकर्ता भेलाको घोषणा गरेको थियो ।

माधव पक्षले समान्नान्तर कमिटीको घोषणा गरेसँगै दुई पक्षबीच छलफल भएको हो ।

वि.सं.२०७७ चैत २ सोमवार १५:३६ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...