Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

रुपन्देहीमा जलपक्षी गणनासम्बन्धी गोष्ठी शुरु



२ चैत, काठमाडौँ । जलपक्षी गणनाका बारेमा नयाँनयाँ तरिका, प्रविधि र योजनाबारे जानकारी दिने ध्येयले रुपन्देहीमा आजदेखि तेस्रो राष्ट्रिय गोष्ठी शुरु भएको छ । दुईदिने गोष्ठीमा स्थानीय चरा गणनाका संयोजक, चराविद् तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।

यसअघि सन् २००७ मा पहिलो गोष्ठी लुम्बिनीमै र सन् २०१२ मा दोस्रो गोष्ठी चितवनमा भएको थियो । नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा हुने जलपक्षी गणना राष्ट्रियरुपमा संयोजन गर्दै आएको हिमाली प्रकृति संस्थाको आयोजित कार्यक्रममा चरा गणनाको तथ्याङ्क सङ्कलन, गणना र शुद्धताबारे पनि निष्कर्ष निकालिने जनाइएको छ ।

गोष्ठीमा कोशी टप्पु, हेटौँडा, चितवन, जनकपुर, काठमाडौँ, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरलगायत ठाउँबाट ३५ भन्दा बढी चराविद्को सहभागीता रहेको आयोजक संस्थाका कार्यक्रम निर्देशक डा तुल्सी सुवेदीले जानकारी दिए। सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि गर्नुपर्ने स्थान विशेष कामबारे अन्तरक्रिया हुने उनले बताए ।

त्यस्तै पानी चराको अवस्था, चरा आवागमन सहजता र संरक्षणमा गर्नुपर्ने काम, जलपक्षी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्ने विषयमा समेत जानकारी दिइनेछ ।

कार्यक्रममा चरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा हेमसागर बराल र वेटल्यान्ड इन्टरनेशनलका वरिष्ठ वैज्ञानिक डा तेज मुण्दकरले नेपाल, दक्षिण एसिया र विश्वमा पानी चराको अवस्था र संरक्षणका लागि गर्नुपर्ने कामबारे विशेष सम्बोधन गर्नुहुने आयोजकले जनाएको छ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा