back

महिला लघुवित्तको शेयर आजबाट कारोबार हुँदै

वि.सं.२०७७ चैत ३ मंगलवार

117 

shares
NTC AD
Global IME AD

३ चैत्र, काठमाडौं । फागुन १४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ३ गतेदेखि शेयर कारोबार शुरु हुने भएको छ । कम्पनीले सोमवार नेप्सेमा शेयर सूचीकृत गरेसँगै मंगलवारदेखि कारोबार सुरु हुने भएको हो ।

कम्पनीको संस्थापक तर्फको ६ लाख कित्ता र सर्वसाधारण तर्फको ४ लाख कित्ता गरी कुल १० लाख कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीमा संस्थाक तर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयरको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू। ३१३ दशमलव १६ देखि ९३९ दशमलव ४८ सम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो कारोबारका लागि नेप्सेले तोकेको हो ।

आर्थिक वर्ष ०७६/७७ सम्म महिला लघुवित्तको प्रतिशेयर नेटवर्थ रू। ३१३ दशमलव १६ रहेको छ । कम्पनीको शेयर रजिष्ट्रारको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङग लिमिटेडले पुरा गर्नेछ ।

वि.सं.२०७७ चैत ३ मंगलवार १०:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

  काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव...

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

  काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...