back
CTIZAN AD

महिला लघुवित्तको शेयर आजबाट कारोबार हुँदै

वि.सं.२०७७ चैत ३ मंगलवार

675 

shares

३ चैत्र, काठमाडौं । फागुन १४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ३ गतेदेखि शेयर कारोबार शुरु हुने भएको छ । कम्पनीले सोमवार नेप्सेमा शेयर सूचीकृत गरेसँगै मंगलवारदेखि कारोबार सुरु हुने भएको हो ।

कम्पनीको संस्थापक तर्फको ६ लाख कित्ता र सर्वसाधारण तर्फको ४ लाख कित्ता गरी कुल १० लाख कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीमा संस्थाक तर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयरको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू। ३१३ दशमलव १६ देखि ९३९ दशमलव ४८ सम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो कारोबारका लागि नेप्सेले तोकेको हो ।

आर्थिक वर्ष ०७६/७७ सम्म महिला लघुवित्तको प्रतिशेयर नेटवर्थ रू। ३१३ दशमलव १६ रहेको छ । कम्पनीको शेयर रजिष्ट्रारको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङग लिमिटेडले पुरा गर्नेछ ।

वि.सं.२०७७ चैत ३ मंगलवार १०:४० मा प्रकाशित

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...