
चैत ३, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । संसद बैठक बोलाइएको अवस्थामा सम्भावित कदमबारे छलफल गर्न बैठक बोलाइएको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा टुंगो लाग्ने जनाइएको छ । साथै बैठकले सत्ता गठबन्धनबारे पनि टुंगो लगाउने सम्भावना छ ।
यसअघि सोमबार अन्य दलसँगको छलफलका लागि भन्दै माओवादी केन्द्रले केन्द्रीय समिति बैठक स्थगित गरेको थियो । माओवादी केन्द्रले सरकारलाई अन्यौंलमा राख्न नहुने निष्कर्ष निकालेको थियो ।