back
CTIZAN AD

देउवाको मौनताप्रति रामचन्द्र पौडेलको असन्तुष्टी, भने – पार्टी अनिर्णयको बन्दी बन्यो

वि.सं.२०७७ चैत ३ मंगलवार

636 

shares

चैत ३, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाएका छन् । सरकार गठबन्धनबारे माओवादी र जसपाले छलफल चलाईरहेको बेला देउवाले मौनता साँधेको भन्दै असन्तुष्टी जनाएका हुन् ।

उनले देउवाको मौनताका कारण ओलीले फाईदा लिएको पनि बताए । ‘हाम्रो सभापतिजीको अहिलेको उदासिनता भन्ने कि के भन्ने रहस्यमय लागिरहेको छ’, नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यसले पार्टीलाई नै अनिर्णयको बन्दीजस्तो बनाएको छ ।’

उनले ओली सरकार जनताको निम्ति घातक रहेको भन्दै कांग्रेसकै नेतृत्वमा सरकार गठनको आवश्यकता रहेको बताए । माओवादी केन्द्र पनि मानेको र जसपा पनि कांग्रेसको भूमिका खोजीरहेको अवस्थामा कांग्रेसले अग्रसरता लिन नसक्नु गलत भएको उनको भनाई छ ।

उनले प्रदेश १ र बागमती प्रदेश सरकार अन्यौंलमा पुगेको भन्दै तत्कालै अविश्वासको प्रस्ताव ल्याएर भोट गर्ने अवस्था हुनुपर्ने माग गरे । प्रदेश सरकारबारे देउवाले देखाएको मौनताप्रति पनि उनको असन्तुष्टी छ ।

वि.सं.२०७७ चैत ३ मंगलवार १२:५९ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...