
४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर बन्दै गएको छ ।
फागुन १४ गते मष्तिस्क घात भएपछि नर्भिक इन्टरनेशनल हस्पिटलमा राखेर उपचार गराइरहेका नेता जोशीको अवस्था गम्भीर बन्दै गएको अस्पतालका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्टका सोमनाथ बाँस्तोलाले बुधबार विज्ञप्ति जारी गर्दै बताएका छन् ।
उनका अनुसार जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । केही सञ्चारमाध्यमले जोशीका बारेमा भ्रामक समाचार सम्प्रेषण गरेपछि अस्पतालले विज्ञप्ति निकालेर जोशीका बारेमा जानकारी दिएको हो ।
“आफैँले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको ‘सपोर्ट’बिना नै राखिएको थियो तर अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो”, विज्ञप्तिमा भनिएको छ, “हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौँ । उहाँको अहिले अवस्था गम्भीर रहेको छ ।”विज्ञप्तिमा भनिएको छ ।
यसअघि असावधानीबस विभिन्न व्यक्तित्व र समाचार माध्यमलाई आधार मानेर बनाइएको समाचार त्रुटिपूर्ण भएकोमा क्षमापार्थी छौं ।–सम्पादक