back
CTIZAN AD

सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै विद्यार्थी संगठनको विरोध

वि.सं.२०७७ चैत ४ बुधवार

687 

shares

४ चैत्र, काठमाडौँ । सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्ववियु(क्रान्तिकारी)ले विरोध जनाएको छ ।

अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा जारी विज्ञप्तिमा ‘सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकोमा त्यसको घोर विरोध, निन्दा एवम् भत्र्सना गर्दछ’ भनिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, खाद्यान्न, लत्ताकपडालगायत सबै क्षेत्रमा प्रभाव पार्ने हुँदा पटक–पटक बढाइएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकारसँग हार्दिक अपिल गरिएको छ ।

‘अन्यथा, समाजवादको डङ्का पिट्ने तर खुलेआम भ्रष्टाचार गर्नुका साथै राष्ट्रघात, जनघातलगायतका गतिविधिहरु गर्ने र दलाल, माफिया, भ्रष्टाचारी र घुसखोरीहरुको संरक्षण गर्ने नेपाल सरकारविरुद्ध सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ चैत ४ बुधवार १६:३७ मा प्रकाशित

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...