back
CTIZAN AD

चितवनको सौराहामा आन्तरिक पर्यटक बढ्दै

वि.सं.२०७७ चैत ४ बुधवार

693 

shares

४ चैत्र, चितवन । पर्यटकको पर्खाइमा रहेका चितवनको सौराहामा अहिले आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ ।कोरोनाका कारण एक वर्ष पर्यटक न्यून रहेको सौराहामा अहिले दैनिक सभा सम्मेलन र आन्तरिक पर्यटकको भीड लाग्ने गरेको हो । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराइले भने, ‘झण्डै एक वर्ष सुनसान जस्तै बनेको सौराहामा अहिले गतिविधि वढेको छ, यही अवस्था कायम रहेकामा बाच्न सकिने छ ।’ विदेशी पर्यटक आएका छैनन् स्वदेशी भए पनि आउनु भएको छ उनले भने।

उनका अनुसार दैनिक ३० प्रतिशत होटलका कोठाहरु बुक भएका छन् । अहिलेको अवस्थामा पर्यटक आउनुलाई राम्रो मानिन्छ अध्यक्ष भट्टराइले भने । विदाको दिनमा ५० प्रतिशत भन्दा धेरै होटलका कोठाहरु भरिने गरेको छ । सरकारी तथा गैर सरकारी क्षेत्रबाट कार्यक्रम हुन थालेका छन् । दैनिक १२ देखि १५ वटा ठूला सेमिनार आयोजना भएकाले सौराहामा गतिविधि वढेको छ उनले जानकारी दिए।

कोरोना कहरका बीच गत भदौमा सरकारले पर्यटन क्षेत्र खुल्ला गरेपछि सौराहामा आन्तरिक पर्यटकको आगमन सुरू भएको थियो । कोरोनाको विश्वव्यापी प्रभावका कारण सौराहामा करिब दुई वर्षसम्म विदेशी पर्यटक नआउने आँकलन व्यवसायीहरुले गरेका थिए ।

नेपालमा कोरोना महामारी सुरू भएको एक वर्षमै विदेशी पर्यटक आउन थालेपछि सौराहाको पर्यटनमा आशाको किरण देखिन सुरू भएको हो । प्रतिशतका आधारमा हेर्ने हो भने स्वदेशी पर्यटकको तुलनामा विदेशी पर्यटकको संख्या ज्यादै न्यून छ । सौराहाको पर्यटकको प्रमुख आधार नै विदेशी पर्यटक हुन् ।

‘स्वदेशी पर्यटक संख्यात्मकरुपमा बढी भएपछि आर्थिक कारोबारको हिसाबले सन्तोष मान्ने ठाउँ देखिँदैन’, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष भट्टराईले भने ‘पर्यटनलाई जोगाउन विदेशी पर्यटक आउनैपर्छ, जुन सौराहामा सुरू भएको छ ।’

चालू आर्थिक वर्षको सात महिनामा ७१ हजार आठ जना विदेशी पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । साउन महिनामा सात हजार ८१९, भदौ महिनामा ५ हजार ८६५, असोजमा नौ हजार ४०५, कार्तिकमा १५ हजार २४२, मंसिरमा १२ हजार १८३, पुसमा ८ हजार ९५४, माघमा ११ हजार ५४१ पर्यटकले निकुञ्ज भ्रमण गरेको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।

पछिल्लो सात महिनामा १३ हजार ११७ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । साउन महिनामा ८११, भदौमा ७३५, असोजमा दुई हजार १२५, कात्तिकमा दुई हजार ८५६, मंसिरमा एक हजार ६९६, पुसमा तीन हजार ६८३, माघमा एक हजार २११ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । त्यसैगरी, सात महिनामा ७४ हजार ५८४ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

साउन महिनामा ८८०, भदौमा ८९९, असोजमा चार हजार १४, कार्तिकमा १८ हजार ६४१, मंसिरमा १६ हजार ३७८, पुसमा १८ हजार २०७, माघमा १५ हजार ५६५ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको सूचना अधिकारीले जानकारी भने।

पछिल्लो समय आन्तरिक पर्यटकका कारण सौराहाको पर्यटन धानिएको छ । परिवारसहित सौराहा घुम्न आउने पर्यटकको संख्या अधिक रहेको छ । कुल आन्तरिक पर्यटकमध्ये बास बस्ने पर्यटकको संख्या ४० प्रतिशत र सौराहा घुमेर फर्कने पर्यटकको संख्या ६० प्रतिशत रहेको छ । सौराहामा दैनिक पाँच को हाराहारीमा आन्तरिक पर्यटक आएका छन् ।

आन्तरिक पर्यटकले सौराहाका सबै होटलहरु भरिन सकेका छैनन् । सौराहाका १२५ होटलमध्ये ५० बढी होटलहरुमा अहिले पनि पर्यटक छैनन् । बजार क्षेत्रका होटलहरुमा आन्तरिक पर्यटक बस्ने गरेको भए पनि भित्री सडकमा भएका होटलमा पर्यटक देखिँदैनन् । सौराहाका रेस्टुरेन्टमा पर्यटक भरिभराउ हुने गरेका छन् । दिनभरि घुमेर बेलुका घर फर्कने आन्तरिक पर्यटकका कारण रेस्टुरेन्ट चलेका छन् ।

एक महिनायता सौराहामा विदेशी पर्यटकहरु देखिन थालेको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए । ‘विदेशी पर्यटक आउन थालेपछि हामी उत्साहित भएका छौँ’, उनले भने, ‘पछिल्लो एक महिनायताको अवस्था हेर्दा अब सौराहा छिट्टै पुरानै अवस्थामा फर्किने छ ।’फेब्रुअरी महिनामा मात्र हवाइमार्गबाट चार हजार विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङ्क नेपाल पर्यटन बोर्डसँग छ । पछिल्लो १५ दिनमा करिब दुई हजार पाँच सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

पर्यटन व्यवसायीका अनुसार यो समय विदेशी पर्यटकको चहलपहल हुने अवस्था हो । चानिज र भारतीय पर्यटक आउने मौसम भएपनि ती देशबाट आउने अवस्था नरहेको व्यवसायीले बताएका छन् । सिमावर्ती क्षेत्रबाट थोरै सख्यामा भारतीय आए पनि दक्षिण भारतबाट भने नआएको पर्यटन व्यवसायी दामोदर रेग्मीले जानकारी दिए ।

वि.सं.२०७७ चैत ४ बुधवार १६:४० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...