back
CTIZAN AD

कर्णालीमा एमाले नै विभाजित : माधव पक्षले भन्यो मुख्यमन्त्रीलाई दिएको समर्थन कायमै छ

वि.सं.२०७७ चैत ४ बुधवार

759 

shares

चैत ५, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन कायमै रहेको बताएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेपाल समूहका नेता प्रकाश ज्वालाले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन कायमै रहेको बताएका हुन् ।

उनले यामलाल कँडेलको नेतृत्वमा फिर्ता लिने गरिएको निर्णय गुटगत भएको बताए । उनका अनुसार एमालेको बहुमत पक्ष उक्त निर्णयप्रति बेखवर छ । र सहमत छैन् ।

‘गुटगत बैठक प्रचलित कानुन, बिधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौं’ सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेका छन्, ‘यो नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय होइन। कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै छ।’

बुधबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले संसदीय दलको बैठक राख्दै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका थिए । तर सभामुखबाहेक १९ सांसद रहेको एमालेको संसदीय दलमा कँडेलले बोलाएको बैठकमा १० जना मात्रै उपस्थित थिए ।

४० सदस्यीय प्रदेश सभामा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । बहुमत पुर्याउन २१ सांसद चाहिन्छ । मुख्यमन्त्री शाहीलाई सरकार टिकाउन थप ८ सांसदको समर्थन चाहिन्छ । यदि एमालेको माधव पक्ष तर्फ बहुमत देखिएको खण्डमा शाहीलाई सरकार जोगाउन सहज हुनेछ ।

वि.सं.२०७७ चैत ४ बुधवार १७:२५ मा प्रकाशित

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...