back
CTIZAN AD

प्रदेश १ का जिल्लामा जनगणना कार्यालय स्थापना

वि.सं.२०७७ चैत ४ बुधवार

684 

shares

विराटनगर, ४ चैत । प्रदेश नं १ का १४ वटै जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेका छन् । ‘मेरो गणना मेरो सहभागिता’ नारा दिइएको राष्ट्रिय जनगणना–२०७८ १२ औँ जनगणना हो । वि.सं २०६८ बाट शुरु भएको राष्ट्रिय जनगणनाले देशको जनसङ्ख्या मात्र नभएर सबै सूचाङ्कको अभिलेख हुने र यसबाट राष्ट्रिय नीति निर्माण गर्न सरकारलाई सहज हुने भनिएको छ ।

देशभरमा ८७ जिल्लामा जनगणना कार्यालय स्थापना गरिएको छ भने मोरङमा दुई स्थान बेलबारी र विराटनगरमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको प्रदेश तथ्याङ्क कार्यालयका प्रमुख तीर्थराज बरालले जानकारी दिनुभयो । उहाँले मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा आज बसेको जिल्ला जनगणना समिति समितिको बैठकले जनगणनाका निम्ति केन्द्रले तय गरेको हो ।

बैठकले कार्यक्रमको प्रचारप्रसार गर्ने निर्णय गर्नाका साथै आगामी वैशाख १६ देखि २२ गतेसम्म जनगणना सुपरीवेक्षकको तालीम गरी वैशाख २६ देखि जेठ १४ गतेसम्म सूचीकरणको काम गर्ने र आगामी जेठ २५ देखि असार ८ गतेसम्म गणकले घरघरमा गएर गणना गर्ने निर्णय गरिएको प्रमुख बरालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी निरौलाले जनगणनाका लागि आवश्यक पर्ने सबै किसिमको सुरक्षाको तयारी भइसकेको बताए । मोरङमा १५० सुपरीवेक्षक र ५९० गणक नियुक्त गरिएको प्रमुख बरालले बताए।

वि.सं.२०७७ चैत ४ बुधवार १७:५२ मा प्रकाशित

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...