back
CTIZAN AD

ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव पक्ष नजाने

वि.सं.२०७७ चैत ४ बुधवार

798 

shares

चैत ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ । राष्ट्रिय भेलाको बीचमा ओलीले बैठक बोलाएको भन्दै माधव पक्षले नजाने बताएको हो ।

माधव नेपाल पक्षका नेता योगेश भट्टराईले बैठकप्रति आपत्ती नभए पनि नेताहरुको समय व्यस्तताका कारण आफुँहरु अनुपस्थित हुने जनाए ।

‘प्रधानमन्त्रीले संसदीय दलको बैठक बोलाउनुभएको छ, आज मात्रै एसएमएसबाट बैठकको सूचना आएको’ भट्टराईले भने, ‘संसदीय दलको बैठकमा जान्छौं, आपत्ति होइन, तर भेलाको कार्यव्यस्तताका कारण आउन सक्दैनौं भनेर हामीले विनम्रताका साथ भनेको छौं।’

बुधबारदेखि माधव पक्षको राष्ट्रिय भेला चलिरहेको छ । यसअघि प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेला नगर्न चेतावनी दिएका थिए । उनले भेला गरिए कारबाही गर्ने पनि चेतावनी दिएका थिए ।

भेलालाई प्रभावित बनाउने उद्देश्यस्वरुप ओलीले दलको बैठक बोलाएका हुन् । ओलीले बिहिबार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमाले संसदीय दलको बैठक बोलाएका छन् ।

 

वि.सं.२०७७ चैत ४ बुधवार १८:११ मा प्रकाशित

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...