back
CTIZAN AD

आफ्नै सहपाठीको हत्या गर्ने तीनजना पक्राउ

वि.सं.२०७७ चैत ४ बुधवार

651 

shares

४ चैत्र, कलैया । घरायसी तथा जग्गा जमिनको विषयलाई लिएर आफ्नै सहपाठीको हत्या गर्ने तीनलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा जीतपुर सिमरा उपमहानगरपालिका–२३ भलुही बस्ने जाकिर हुसेनका १४ वर्षीय छोरा साहिद हुसेन मियालाई घरेलु हतियार दाउ प्रयोग गरी हत्या गर्ने जीतपुर सिमरा–२३ भलुही टोल बस्ने २५ वर्षीय क्यामुदिन मन्सुरी, सोही ठाउँ बस्ने २१ वर्षीय अफसान भनिने हमर हुसेन मिया हजाम र १९ वर्षीय आवेदिन मियालाई आज सार्वजनिक गरिएको हो ।

गत फागुन ११ गते घरबाट लागुऔषध खानका लागि बोलाई घाँटीमा डोरी प्रयोग गर्दै तीन जनाले ढुङ्गा र दाउले काटी हत्या गरेको स्वीकार गरिसकेको अनुसन्धान अधिकृत एवं प्रहरी प्रवक्ता गौतम मिश्रले बताए । पारिवारिक तथा जग्गाजमिनको आपसी विवादको विषयलाई लिएर हत्या गरिएको उनले जानकारी दिए ।

हत्या भएको १७ दिनपछि जीतपुर सिमरा–१० बेहरास्थित फोहर फाल्न गाडिएको डम्पिङसाइटमा सडी गलेको अवस्थामा शव फेला परेको प्रवक्ता मिश्रले जानकारी दिए । मृतक र हत्याका आरोपी सबै लागुऔषध सेवनकर्ता रहेको अनुसन्धानबाट खुलेको छ । हत्या भएको अघिल्लो दिन नै अभियुक्तले साहिदलाई मार्ने योजना बनाइसकेको र क्यामुदिनले आफ्नो घरबाट दाउ अगाडि नै घटना घटाउने ठाउँमा राखेर गएको बताइएको छ ।

पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए । योभन्दा अगाडि पनि निजगढमा लागुऔषध प्रयोगका विषयमा झगडा हुँदा आफ्नै सहपाठीलाई हत्या गरिएको थियो । रासस

वि.सं.२०७७ चैत ४ बुधवार १९:०८ मा प्रकाशित

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज (पर्सा) । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई...

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

काठमाडौँ । आगामी साताबाट सुरु हुन लागेको नेपालकै ठूलो मध्येको...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...