back
CTIZAN AD

‘केपी ओली महाठग रहेछन्, प्रचण्डलाई सिध्याउनै पर्छ भन्ने रणनीतिमा लागे’

वि.सं.२०७७ चैत ५ बिहीवार

738 

shares

५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपीओली महाठग भएको बताएका छन् ।

बुधबार संघीय सांसद तथा केन्द्रका स्थायी समिति सदस्य हरिवोल गजुरेलको सिन्धुलीस्थित घरमा पुगेका अध्यक्ष दाहालले स्थानीय कार्यकर्तासँगको भेटमा केपी ओली महाठग भएका र प्रचण्डलाई सिध्यानैपर्छ भनेर लागेको बताएका छन् ।

‘केपी ओली महाठग रहेछन् । यत्तिको ठग मैले अहिलेसम्म देखेको थिएन । राजनीतिमा मान्छेले अलि अलि जालझेल त गर्छन् तर हस्ताक्षर धेरै गरे पालना एउटा गरेनन्, ‘कार्यकर्तासँग उनले भने, ‘पार्टी एकता हामीले नै गराइयो, फुट्लाकी भनेर थर थर काम्ने हामी भइयो । नफुटोस् भनेर फकाउन तिर पनि लागियो । मलाइ प्रधानमन्त्री चाहिएन तिमी नै खाउ पाँचवर्ष पनि भनियो । तर उनले कुनै कुरा पालना गरेनन् । बरु उल्टै विदेशी प्रतिक्रियावादीहरुसँग मिलेर संघीयता नै खानेमा लागे ।’

आफ्नोे तीनवर्षको संगतका क्रममा केपी ओलीले एउटै रणनीति लिएको त्यो भनेको माओवादीले स्थापित गरेका संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र समानुपातिकतालाई सिध्याने रहेको आरोप पनि लगाए ।

‘त्यो कसरी सिध्याउने त भन्दा प्रचण्ड भन्ने मान्छेलाई पूरै नसिध्याएसम्म यो नहुने भयो भन्ने रणनीति हो । उसको दाउ भनेको मलाई सिध्याउने बाहेक केही देखिएन । त्यसैले मैले अब जमेरै लड्ने भनेर १९ पेज लामो दस्तावेजको बम हानेको हो ।’

उनले १९ पेज दस्तावेजको जवाफी कारबाहीमा जनप्रतिनिधि संस्थामाथि नै बम हानेको बताए ।

त्यस्तै हरुसँगको भेटमा केन्द्रीय कमिटिको बैठक चलिरहेका बेला आफुलाई प्रधानमन्त्रीको फोन आएको बताउँदै आफूले बैठकमा रहेको र सकेपछि कुरा गरौला भनेको बताएका छन् ।

‘बेलुका मैले २ पटक फोन गरे उहाँले उठाउनु भएन’ अध्यक्ष प्रचण्डले भने । २७ वर्षीपछि गजुरेलको घरमा पुगेका अध्यक्ष दाहालले २७ वर्ष पुरानो सम्झनालाई ताजा गराउने उद्धेश्यले विल्कुल अनौपचारिक रुपमा सिन्धुली आएको पनि बताए ।

 

वि.सं.२०७७ चैत ५ बिहीवार ०९:३८ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...