back
CTIZAN AD

रोमाञ्चक खेलमा वेस्टइंडिजलाई पराजित गर्दै भारत पुग्यो फाइनलमा, सचिन र युवराजको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७७ चैत ५ बिहीवार

624 

shares

५ चैत, काठमाडौँ । रोड सेफ्टी वर्ल्‍ड सिरिज अन्तर्गत वेस्टइंडिज लेजेन्ड्स र भारत लेजेन्ड्स बिच भएको रोमाञ्चक खेलमा भारत लेजेन्ड्स १२ रनले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको भारत लेजेन्ड्सको टिमले २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको थियो । भारत लेजेन्ड्सका लागि ब्याटिङ्गमा सचिन तेन्दुलकरले सर्वाधिक ६५ रन बनाएर आउट भएका थिए । त्यसैगरी खेलेको अन्तिम समयमा आएर युवराज सिंहले नटआउट रहदैँ २० बलमा ४९ रन बनाएका थिए । सचिनले आफ्नो पारीमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए भने युवराज सिंहले ६ छक्का र १ चौका प्रहार गरेको थिए । वेस्टइंडिजका लागि बलिङ्गमा टिने बेस्टले सर्वाधिक २ विकेट लिएका थिए ।

भारत लेजेन्ड्सले दिएको २१९ रनको विशाल लक्ष्य वेस्टइंडिज लेजेन्ड्सले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । वेस्टइंडिज लेजेन्ड्सको टिमले २० ओभरमा ६ विकेट गुमाएर २०६ रनमात्र बनाउन सक्यो । वेस्टइंडिज लेजेन्ड्सका लागि डवेन स्मिथले सर्वाधिक ६३ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा विनय कुमारले सर्वाधिक २ विकेट लिएका थिए ।

जितसँगै भारत लेजेन्ड्सको टिम रोड सेफ्टी वर्ल्‍ड सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

वि.सं.२०७७ चैत ५ बिहीवार ०९:४१ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...