back
CTIZAN AD

इशान र सूर्याकुमार २०२२ को आईपिएलमा मुम्बईबाट बाहिरिने सम्भावना उच्च, कारण यस्तो

वि.सं.२०७७ चैत ५ बिहीवार

624 

shares

५ चैत, काठमाडौँ । भारतीय क्रिकेट टिमका खेलाडी इशान किसन र सूर्याकुमार यादव २०२१ को आईपिएलका लागि मुम्बई इन्डियन्समा अनुबन्धित रहेका छन । तर २०२२ को आईपिएलमा सूर्यकुमार यादव र इशान किशनले मुम्बईबाट खेल्ने सम्भावना भने निकै कम रहेको छ।

अहिलेसम्म आईपिएलमा ८ टिमले भाग लिने गरेको छन । तर भारतीय क्रिकेट र्बोड (बिसीसीआई) ले २०२२ को आईपिएलमा भाग लिने टिमको संख्या ८ बाट बढाएर १० पुयउने योजना बनाईरहेको छ । यदी २ टिम २०२२ को आईपिएलमा थपिएमा बिसीसीआईले आईपिएल अघि मेगा अक्सन गर्न पर्ने छ ।

बिसीसीआईको नियम अनुसार अक्सन अघि आईपिएलका सबै टिमले ३ खेलाडीमात्र रिटेन गर्न पाउने छन । त्यसअन्तर्गत इशान किसन र सूर्याकुमार यादव आवद्ध रहेको टिम मुम्बई इन्डियन्सले टिमका कप्तान रोहित शर्मा, अलराउण्डर हार्दिक पांड्या र फास्ट बलर जसप्रीत बुमराहलाई रिटेन गर्ने लगभग पक्का देखिन्छ ।

यस अवस्थामा मुम्बईले इशान किसन र सूर्यकुमार यादवलाई दुवै खेलाडीलाई रिलिज गर्न पर्ने छ । मुम्बईले मेगा अक्सनमा अन्य टोलीसँग प्रतिस्पर्धा गर्दै दुवै खेलाडीलाई फेरी टिममा भित्राउन भने सक्ने छ । यी दुवै खेलाडीले इंल्याण्ड विरुद्धको दोस्रो टि-२० भारतका लागि अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

वि.सं.२०७७ चैत ५ बिहीवार १४:२९ मा प्रकाशित