back
CTIZAN AD

तीन वर्षपछि एमालेको संसदीय दलको बोर्ड गठन, को–को छन् ?

वि.सं.२०७७ चैत ५ बिहीवार

570 

shares

चैत ५, काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बोर्ड गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद शेरबहादुर तामाङले तीन सदस्य पछि थप गर्ने गरि २७ सदस्यीय बोर्ड गठन गरिएको जानकारी दिए । उनका अनुसार बोर्डमा बैठक बहिस्कार गरेका झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ ।

तामाङले जानकारी दिएअनुसार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा रहने बोर्डमा खनाल र नेपालसहित सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, विमला राई पौड्याल, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मालगायत सदस्य छन् ।

यसअघि संसदीय बोर्ड गठन गरिएको थिएन। बैठकले संसदीय दलको विधान संशोधनका लागि विशाल भटराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौडेल राई सदस्य रहेको एउटा समिति गठन गर्ने निर्णय गरेको छ।

आजको बैठक माधवकुमार नेपाल पक्षले भने बहिस्कार गरेको थियो ।

सम्बन्धित समाचार

बालुवाटारमा सुरु भयो एमाले संसदीय दलको बैठक, नेपाल पक्ष अनुपस्थित

गुटगत भेला गर्दै हिँड्नेलाई कारबाही गर्ने बालुवाटार बैठकको निर्णय

वि.सं.२०७७ चैत ५ बिहीवार १४:१८ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...