
चैत ५, काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बोर्ड गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद शेरबहादुर तामाङले तीन सदस्य पछि थप गर्ने गरि २७ सदस्यीय बोर्ड गठन गरिएको जानकारी दिए । उनका अनुसार बोर्डमा बैठक बहिस्कार गरेका झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ ।
तामाङले जानकारी दिएअनुसार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा रहने बोर्डमा खनाल र नेपालसहित सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, विमला राई पौड्याल, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मालगायत सदस्य छन् ।
यसअघि संसदीय बोर्ड गठन गरिएको थिएन। बैठकले संसदीय दलको विधान संशोधनका लागि विशाल भटराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौडेल राई सदस्य रहेको एउटा समिति गठन गर्ने निर्णय गरेको छ।
आजको बैठक माधवकुमार नेपाल पक्षले भने बहिस्कार गरेको थियो ।
सम्बन्धित समाचार
बालुवाटारमा सुरु भयो एमाले संसदीय दलको बैठक, नेपाल पक्ष अनुपस्थित
गुटगत भेला गर्दै हिँड्नेलाई कारबाही गर्ने बालुवाटार बैठकको निर्णय