back
CTIZAN AD

एड्भान्स्ड कलेजद्वारा इन्डिपेन्डेन्ट पावर प्रोड्युसर्ससँग सम्झौतापत्रमा हस्ताक्षर

वि.सं.२०७७ चैत ५ बिहीवार

690 

shares

५ चैत्र, काठमाडौं । एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (आईपीपीएन) सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

काठमाडौँको नक्सालस्थित होटल म्यारियोटमा आयोजित एक समारोहका बीच एड्भान्स्ड कलेजका तर्फबाट अध्यक्ष रमेश सिलवाल तथा आईपीएएनका तर्फबाट कृष्णप्रसाद आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा दुवै निकायका समूहबीच विद्यार्थी र औद्योगिक प्रतिष्ठानका हितमा कसरी सहकार्य गर्ने भन्ने विषयमा उल्लेख गरिएको छ ।

आईपीपीएनका अध्यक्ष कृष्ण आचार्यले यस किसिमको सहकार्यबाट सहयात्रीहरूलाई लामो सहयात्राका क्रममा कसरी सहयोग गर्छ भन्ने विषयमा चर्चा गरे । सङ्गठित सहकार्यलाई बढावा दिन विश्वविद्यालय तथा अन्य विभिन्न संस्थाहरूसँग अनुसन्धानका लागि आवश्यक पर्ने स्रोतसाधन हुनुपर्ने उल्लेख गर्दै एड्भान्स्ड कलेजका अध्यक्ष रमेशकुमार सिलवालले यसबाट उनीहरूले आफ्ना अनुसन्धानका क्षेत्रलाई विविधीकरण गर्न सक्षम हुने बताए ।

एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले शैक्षिक प्रतिष्ठानहरूसँग आईपीपीएनको उपलब्धिमूलक सहयात्रासहित अर्थपूर्ण सहकार्य गर्ने अभिरुचिको सराहना गरे । अभिज्ञा मल्लले जलविद्युत्का क्षेत्रमा छात्राहरूको न्यून सहभागिताप्रति चासो व्यक्त गर्दै एड्भान्स्ड कलेजले यस क्षेत्रमा महिला विज्ञहरू उत्पादन प्रवद्र्धन गर्न पहल गर्ने धारणा राखिन् ।

आईपीपीएनका उपाध्यक्ष आशिष गर्गले औद्योगिक तथा शैक्षिक प्रतिष्ठानबीचको सहकार्यबाट हुने फाइदाका विविध आयामबारे चर्चा गर्दै औद्योगिक प्रतिष्ठानसँग सहकार्य गर्न एड्भान्स्ड कलेजले गरेको पहलको प्रशंसा गरे । एड्भान्स्ड इन्जिनियरिङ कलेजसँगको सहकार्य दुवै निकायका लागि लाभप्रद हुने उनको धारणा थियो ।

शैक्षिक प्रतिष्ठानहरूले किन औद्योगिक प्रतिष्ठानहरूसँग सम्बन्ध कायम गर्नुपर्छ भन्ने विषयमा चर्चा गर्दै एड्भान्स्ड कलेज तथा ईआरएमसीका निर्देशक उद्धव चौलागाईँले औद्योगिक र शैक्षिक प्रतिष्ठानको सहकार्यबाट विद्यार्थी र विभिन्न विषयगत सङ्कायले व्यापारद्वारा प्रदान गरिएको कोषको सहयोगमा अनुसन्धान र परीक्षणका लागि कसरी अतिरिक्त अवसर प्राप्त हुन्छ भन्ने विषयमा व्याख्या गरे ।

वि.सं.२०७७ चैत ५ बिहीवार १५:३२ मा प्रकाशित

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...