
चैत ५, काठमाडौं । नेपाली सेनाको मुख्यालयमा आगलागी भएको छ । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आगलागी भएको हो ।
सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार क्लबभित्र रहेको सावना कक्षमा विद्युत सर्ट भएर आगलागी भएको हो । उनका अनुसार आगलागी अहिले नियन्त्रणमा आईसकेको छ ।
पौडेलले जनाएअनुसार आगलागीबाट खास क्षति भने भएको छैन् ।