back
CTIZAN AD

जसपाको कार्यकारिणी समिति बैठक स्थगित

वि.सं.२०७७ चैत ५ बिहीवार

618 

shares

५ चैत्र, काठमाडौं । सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन ।

ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आज भएको पदाधिकारी बैठक निष्कर्षहीन भएको छ । आजैका लागि बोलाइएको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि स्थगन भएको छ । समितिको बैठकको तयारीस्वरुप बिहान भएको पदाधिकारी बैठकले आवश्यक तयारी नपुगेको जनाउँदै बैठक स्थगन गरेको थियो । मध्याह्नका लागि तय गरिएको समितिको बैठक अनिश्चितकालका लागि स्थगन भएको जसपाका नेता केशव झाले जानकारी दिए । बैठक बस्नुअघि पदाधिकारीबीच छलफल भए पनि थप तयारी गर्नुपर्ने देखिएको जनाइएको छ ।

यसअघि यही चैत २ गते भएको जसपाका शीर्षनेताको बैठक पनि निष्कर्षहीन भएको थियो । चैत ३ गतेको पदाधिकारी बैठकसमेत स्थगन गरिएको थियो । अघिल्ला सबै बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टीले स्पष्ट धारणा बनाउनेबारे छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जसपाले जनाएको छ ।

सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सँग चरणबद्ध छलफल गरेको थियो । जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि परामर्श गरेको थियो । पार्टीले बन्दी रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायत माग राख्दै आएको छ । जसपामा ३४ सांसद रहेकामा दुई सदस्य निलम्बित छन् ।

वि.सं.२०७७ चैत ५ बिहीवार १५:३० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...