६ चैत, काठमाडौं । प्रतिनिधिसभाको सातौ अधिबेशनको चौथो बैठक आज दिउँसो १ बजे बस्दैछ ।
संसद सचिवालका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१ औं बार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ ।
त्यस्तै २०५८ सालको राष्ट्रियसभा सदस्य, २०६३ को पुर्नस्थापित प्रतिनिधिसभा सदस्य एवं २०७० सालको बिधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अशोक कोइरालालको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिने रहेको छ ।

वि.सं.२०७७ चैत ६ शुक्रवार ०९:५५ मा प्रकाशित






























