back
CTIZAN AD

भारतले श्रृखलामा गर्यो बराबरी, सूर्याकुमार यादवको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७७ चैत ६ शुक्रवार

702 

shares

६ चैत, काठमाडौँ । अहमदाबादमा भारत र इंल्याण्ड बिच भएको चौथो टि-२० मा भारतले ८ विकेटले जित निकालेको छ ।

टस जितेर पहिले व्याटिङ्ग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । भारतका लागि टि-२० क्रिकेटमा ब्याटिङ्ग गर्न पहिलो पटक मौका पाएका सूर्याकुमार यादवले अर्धसतक जडेका थिए । उनी ३१ बलमा ५७ रन बनाएर आउट भएका थिए । त्यसैगरी श्रेयर अय्यर ३७ र रिषभ पंत ३० रन बनाएर आउट भएका थिए । इंल्याण्डका लागि बलिङ्गमा जोफ्रा आर्चरले ४ विकेट लिएका थिए भने मार्क वुड, आदिल रसिद र श्याम करणले १/१ विकेट हात पारेका थिए ।

भारतले दिएको १८५ रनको विशाल लक्ष्य पछाएको इंल्याण्ड २० ओभरमा ८ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । इल्याण्डका लागि जेसन रोयले ४० र बेन स्टोक्सले ४६ रनको पारी खेलेता पनि टिमलाई जित भने दिलाउन सकेनन् । भारतका लागि बलिङ्ग तर्फ भने शादुर्ल ठाकुरले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

जितसँगै भारतले ५ खेलको टि-२० श्रृखलामा २/२ ले बराबरी गरेका छ । यी दुई टिम बिचको निरनायक खेल भोली हुनेछ ।

वि.सं.२०७७ चैत ६ शुक्रवार १०:१९ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...