
६ चैत, काठमाडौँ । अहमदाबादमा भारत र इंल्याण्ड बिच भएको चौथो टि-२० मा भारतले ८ विकेटले जित निकालेको छ ।
टस जितेर पहिले व्याटिङ्ग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । भारतका लागि टि-२० क्रिकेटमा ब्याटिङ्ग गर्न पहिलो पटक मौका पाएका सूर्याकुमार यादवले अर्धसतक जडेका थिए । उनी ३१ बलमा ५७ रन बनाएर आउट भएका थिए । त्यसैगरी श्रेयर अय्यर ३७ र रिषभ पंत ३० रन बनाएर आउट भएका थिए । इंल्याण्डका लागि बलिङ्गमा जोफ्रा आर्चरले ४ विकेट लिएका थिए भने मार्क वुड, आदिल रसिद र श्याम करणले १/१ विकेट हात पारेका थिए ।
भारतले दिएको १८५ रनको विशाल लक्ष्य पछाएको इंल्याण्ड २० ओभरमा ८ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । इल्याण्डका लागि जेसन रोयले ४० र बेन स्टोक्सले ४६ रनको पारी खेलेता पनि टिमलाई जित भने दिलाउन सकेनन् । भारतका लागि बलिङ्ग तर्फ भने शादुर्ल ठाकुरले सर्वाधिक ३ विकेट हात पारेका थिए ।
जितसँगै भारतले ५ खेलको टि-२० श्रृखलामा २/२ ले बराबरी गरेका छ । यी दुई टिम बिचको निरनायक खेल भोली हुनेछ ।