back
CTIZAN AD

शिक्षालयले माग्यो कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७७ चैत ६ शुक्रवार

690 

shares

६ चैत्र, काठमाडौं । सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालयले दक्ष, सक्षम तथा अनुभव भएको कर्मचारीको माग गरेको छ ।

रुकुम स्थित उक्त शिक्षालयले वन प्रशिक्षक (अधिकृत स्तर तृतीय श्रेणी प्राविधिक) मा मान्यता प्राप्त शिक्षण संस्थाबाट वन विज्ञान विषयमा स्नातक तह वा सो सरह उतीर्ण गरेको एकजना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

शिक्षालयका अनुसार योग्यता पुगेका ईच्छुक व्यक्तिले आफ्नो सम्पूर्ण योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त दिनुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ९८५८०८०८३०, ९८४७३६१००२ मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

वि.सं.२०७७ चैत ६ शुक्रवार १०:३० मा प्रकाशित