back
CTIZAN AD

६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती

वि.सं.२०७७ चैत ७ शनिवार

702 

shares

७ चैत्र, तनहुँ । आँबुखैरेनी गाउँपालिका ६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन् ।

थोरै लगानी र मिहिनेतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिसहरु टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताए । घरबास सञ्चालन गरेर पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाउँदै आएको हिलेखर्कवासीले पछिल्लो समय टिमुरखेतीलाई सँगसँगै लैजान थालेको उनले जानकारी दिए ।

शुरुमा २५ जना मिलेर समूह गठन गरी व्यावसायिकरुपमा अघि बढाए पनि टिमुरखेतीतर्फ किसान क्रमिकरुपमा बढ्दै गएका छन् । तीन(चार वर्षअघि केही व्यक्तिले थोरै थोरै टिमुरखेती गरे पनि अघिल्लो वर्षदेखि व्यावसायिकरुपमा नै खेती गर्न थालेका छन् ।

डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा बनेपाबाट दमौलीसम्म बिरुवा ल्याउने कार्य भए पनि दमौलीबाट गाउँसम्म कृषक समूहले नै बिरुवा ढुवानी गरेर लगाएका हुन् । उक्त बिरुवा डाबर नेपाल बनेपाबाट बिरुवा ल्याएर प्रत्येक घरधुरीले मिलेर टिमुरखेती गरिएको छ । अध्यक्ष गुरुङले भन्नुभयो, सबै घरधुरीले कम्तीमा दुईसयदेखि तीन सय बिरुवा लगाएका छन् ।

टिमुरखेती नेपालको पहाड, तराई र हिमाल सबै क्षेत्रमा टिमुरखेती गर्न सकिने बताइएको छ । विशेषगरी समुन्द्री सतहबाट एक हजार दुई सयदेखि एक हजार ६०० मिटर उचाइमा टिमुरखेतीका लागि उत्तम स्थल मानिने छ । बिरुवा लगाएको चार वर्षपछि फल्न शुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि स्थानीयवासी यस खेतीतर्फ सक्रिय भएर लाग्न थालेका छन् ।

रुखो जग्गा जमीन तथा बनमा समेत टिमुरखेती सजिलै गर्न सकिने र धेरै मिहिनेत गर्नु नपर्ने र थोरै लगानीमा पनि गर्न सकिने भएपछि स्थानीयवासीले अभियानकैरुपमा टिमुरखेती थालेका छन् । स्थानीय जीतबहादुर गुरुङले मात्रै एक हजार ५०० टिमुरका बिरुवा लगाएको छ । खेती गर्न सजिलो हुने र आम्दानी पनि राम्रो हुने देखेपछि यसतर्फ लागेको उनले जानकारी दिए ।

टिमुरको बिरुवा बाहिर किन्दा रु एक सयदेखि रु १५० सम्मपर्ने भए पनि समूहमार्फत ल्याउँदाप्रति बिरुवा रु ४० परेकाले सुपथ मूल्यमा पाएको उक्त कृषक समूहले जनाएको छ । बिरुवाका लागि जडीबुटी विकास कार्यक्रममार्फत रु आठ लाख ५० हजार विनियोजन भएपछि डिभिजन वन कार्यालयसँग समन्वय गरी बिरुवा खरीद गरेर लगाइएको समूहका कोषाध्यक्ष गिनेन्द्रबहादुर गुरुङले जानकारी दिए । यसरी टिमुरखेती गर्ने लहर बढ्न थालेपछि सोही वडास्थित ज्यामिरे, ढिडेगाउँ, ढापस्वाँरा, सिरानखोलालगायतका बासिन्दालेसमेत टिमुरखेतीतर्फ आकर्षित भएका छन् । रासस

वि.सं.२०७७ चैत ७ शनिवार १३:४० मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...