८ चैत्र, काठमाडौं । आज आइतबारको बजारमा सुनको मूल्य ५ सय रुपैँयाले उकालो लागेको छ ।
शुक्रबार ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावालाको सुनको मूल्य आज ५ सय रुपैँयाले बढेर प्रतितोला ८७ हजार २ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनपनि आज ८६ हजार ७५० रुपैँयामा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आजको बजारमा चाँदीको भाउ पनि सामान्य बढेको छ। तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।