back
CTIZAN AD

प्रवेश नाकाहरुमा कडाई गर्न आयो यस्तो निर्देशन

वि.सं.२०७७ चैत ८ आइतवार

723 

shares

८ चैत्र, काठमाडौँ । स्वास्थ्य जनसंख्या मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न निर्देशन दिएको छ ।

छिमेकी देश भारतका विभिन्न प्रान्तहरुमा कोभिड १९ संक्रमण बढेको भन्दै मन्त्रालयले नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै कोभिड १९ को व्यवस्थापनको सम्बन्धमा देशभर रहेका अस्पताल,स्वास्थ्य संस्थाहरु तथा सीमामा रहेका हेल्प डेस्कलाई पत्राचार गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले क्वारेन्टाइन आदेश २०७७ बमोजिमको व्यवस्था लागू गर्न भनेको छ ।

त्यस्रतै सबै प्रवेश नाकाहरुमा ज्वरो आएका यात्रुहरुको कोभिड १९ को रेपिड टेस्टको व्यवस्था मिलाउन र रिपोर्ट पोजेटिभ आएकाहरुको उपचार व्यवस्था मिलाउनुका साथै सबै अस्प्ताल र स्वास्थ्य संस्थाहरु माहामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहन भनिएको छ ।

केश इन्भेटिगेसन र कन्ट्याक्ट ट्रेसिङलाई बढवा दिन, स्थानीय निकायमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुलाई आवश्यक समन्वय र सहकार्य गर्न, रोगको निगरानीलाई चुस्त बनाउन निर्देशन दिइएको छ ।

साथै पालिकाहरुलाई संक्रमण्को उच्च जोखिम क्षेत्र पहिचान गरी समुदायस्तरमा गरी एन्टिजेन परीक्षण प्रक्रिया सम्बन्धी प्रोटोकल बमोजिम गर्न भनिएको छ ।

वि.सं.२०७७ चैत ८ आइतवार १९:१८ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...