८ चैत्र, काठमाडौँ । स्वास्थ्य जनसंख्या मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न निर्देशन दिएको छ ।
छिमेकी देश भारतका विभिन्न प्रान्तहरुमा कोभिड १९ संक्रमण बढेको भन्दै मन्त्रालयले नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै कोभिड १९ को व्यवस्थापनको सम्बन्धमा देशभर रहेका अस्पताल,स्वास्थ्य संस्थाहरु तथा सीमामा रहेका हेल्प डेस्कलाई पत्राचार गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले क्वारेन्टाइन आदेश २०७७ बमोजिमको व्यवस्था लागू गर्न भनेको छ ।
त्यस्रतै सबै प्रवेश नाकाहरुमा ज्वरो आएका यात्रुहरुको कोभिड १९ को रेपिड टेस्टको व्यवस्था मिलाउन र रिपोर्ट पोजेटिभ आएकाहरुको उपचार व्यवस्था मिलाउनुका साथै सबै अस्प्ताल र स्वास्थ्य संस्थाहरु माहामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहन भनिएको छ ।
केश इन्भेटिगेसन र कन्ट्याक्ट ट्रेसिङलाई बढवा दिन, स्थानीय निकायमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुलाई आवश्यक समन्वय र सहकार्य गर्न, रोगको निगरानीलाई चुस्त बनाउन निर्देशन दिइएको छ ।
साथै पालिकाहरुलाई संक्रमण्को उच्च जोखिम क्षेत्र पहिचान गरी समुदायस्तरमा गरी एन्टिजेन परीक्षण प्रक्रिया सम्बन्धी प्रोटोकल बमोजिम गर्न भनिएको छ ।