back
CTIZAN AD

भागरथी हत्यामा पक्राउ परेका अभियुक्तले ‘धम्कीमा परेर हत्या स्वीकारेको हुँ’ भन्दै बयान फेरे

वि.सं.२०७७ चैत ९ सोमवार

807 

shares

९ चैत, महेन्द्रनगर । भागरथी हत्या अभियोगमा पक्राउ परेका अभियुक्तले बयान फेरेका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी भागरथीको हत्या अभियोगमा पक्राउ परेका किशोरले अहिले भागरथीको हत्या आफुले नगरेको भन्दै बयान फेरेका हुन् ।

डोटीको सिलगढीमा रहेको सुधारगृहमा रहेका किशोरले आफ्ना बुवालाई यस्तो बताएपछि वुवा दीपक भट्टले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

उनले घटनाको पुन अनुसन्धान गर्न माग गर्दै भने,‘भागरथीको हत्या गर्ने व्यक्तिलाई मैले चिनेको छु ।, विद्यालयबाट आउने बेला मैले बलात्कार गरिरहेको देखे ।’ छोराको भनाइ उद्धृत गर्दै किशोरका वुवा दीपकले भने, ‘कसैलाई भनिस् भने तेरो बुवा र भाइलाई पनि मारिदिन्छु भन्दै चक्कु देखाएर धम्की दिएपछि अपराध स्विकारेको हुँ ।’ सोमबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

यसअघि सरकारी वकिलको कार्यालय र जिल्ला न्यायाधिशलाई भागरथीको हत्या र बलत्कार आफैले गरेको बयान दिएका थिए । त्यतिबेला बुवा दीपक पनि सँगै थिए ।

दीपकले हत्या र बलात्कारमा वडा कार्यालयका कर्मचारी संलग्न रहेको भन्दै नामै किटेर पत्रकार सम्मेलनमा बताए । ‘उसले (छोराले) एकजना वडा कार्यालयका कर्मचारीलाई चिने भन्छ, अर्को दारी पालेको तर मास्क लगाएको हुनाले चिनिन भन्छ ।’ उनले भने ।
शुक्रबार आफ्ना काका शंकरल भट्टलाई अभियुक्तले फोनमा यस्तो भनेपछि बुवासहितका आफन्त शनिबार सुधार गृहमा पुगेका थिए ।

तर सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तरमराज सुवेदीले बयान फेर्नुको कुनै औचित्य नभएको बताउँछन् । ‘प्रहरी अनुसन्धानमा सकिएको मुद्दा जिल्ला अदालतमा विचाराधीा छ, अब सबैकुरा अदालतको हातमा हुन्छ ।’ उनले भने ।

वि.सं.२०७७ चैत ९ सोमवार ०९:२० मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...