back
CTIZAN AD

महोत्तरीमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

वि.सं.२०७७ चैत ९ सोमवार

660 

shares

९ चैत, महोत्तरी । महोत्तरीको गौशालामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आइतबार पूर्वमन्त्री तथा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले गौशाला बजारमा केन्द्रको उद्घाटन गरेसँगै अब आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो ।

गौशाला बजारस्थित गौशाला नगरपालिकाको पुरानो भवनमा केन्द्र सञ्चालन भएको छ । आयुर्वेद पद्धतिमार्फत उपचार गर्ने उद्देश्यले सो सेवा केन्द्रको स्थापना भएको हो । केन्द्रले आयुर्वेद पद्धतिको उपचार सेवा दिनेमात्र नभई ध्यान, योग र साधनाप्रति आम मानिसलाई उत्प्रेरित गर्नुपर्ने पूर्वमन्त्री पोखरेलले बताए ।

“ध्यान, योग र साधना मानिसका लागि स्वस्थ्य रहन आधारभूत कुरा हुन्”, पूर्वमन्त्री पोखरेलले भने, “विद्यालयमा यसबारे कक्षा नै सञ्चालन गर्न सम्बन्धित विद्यालय, स्थानीय तह र केन्द्रले पहलकदमी लेओस् ।” आयुर्वेद पद्धतिको उपचार सेवालाई बल पुर्याउन आम किसानलाई यहाँको माटो र हावापानी सुहाउँदा जडीबुटी खेतीमा उत्प्रेरित पनि गर्न पर्ने पोखरेलको सुझाव थियो ।

“वर्तमान परिवेशमा सर्वप्रथम मानिसलाई जीवनपद्धति परिवर्तन गर्नु आवश्यक छ”, पोखरेलले भने, “यसका लागि योग, ध्यान र साधनासँगै साविक खाना आधारभूत कुरा हुन् ।” यो पक्ष अँगालेपछि मानिस स्वस्थ्य रहने पोखरेलको भनाइ छ ।

नेपाल सरकारले स्थापना गरेको केन्द्रको स्थापनाले अब जिल्लाको उत्तरी भेगका गौशाला, बर्दिवास र औरही नगरपालिकासहित सोनमा गाउँपालिकाका बासिन्दाले आयुर्वेद पद्धतिको उपचार पाउन सहज भएको छ । केन्द्रलाई स्थानीय तह, विद्यालय र गौशालास्थित सरकारी कार्यालय र संस्थाको समन्वयमा ऋतु परिवर्तन भएलगत्तै योग शिविरको आयोजना गर्न पोखरेलले सुझाव दिए। योसँगै स्वच्छ खाना बनाउने अभियानमा गृहणीलाई सामेल गरिन आवश्यकता रहेको पोखरेलको थप सुझाव छ ।

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले केन्द्रलाई नमूना औषधालयका रूपमा विकसित गर्नुपर्नेमा जोड दि दिए । नगरपालिकाले पञ्चकर्ममा आधारित भई सेवाकेन्द्रको आवश्यकता महसुस गरेको महतोले बताए । केन्द्रले नियमितरूपमा जनमुखी सेवाप्रदान गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख नन्दकिशोरप्रसाद कुशवाहाले प्रतिबद्धता जनाए ।
रासस

वि.सं.२०७७ चैत ९ सोमवार ११:४८ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...