back
CTIZAN AD

नेपाल तेक्वान्दो संघले गर्यो नवनियुक्त दक्षिण कोरियाली राजदूत सुकको स्वागत

वि.सं.२०७७ चैत ९ सोमवार

828 

shares

९ चैत, काठमाडौँ । नेपाल तेक्वान्दो संघले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क चोङ सुक (Park Chong Suk) को सम्मानमा सोमबार स्वागत कार्यक्रम आयोजना गरेको छ ।

सातोबाटोस्थित तेक्वान्दो एकेडेमीको भवनमा आयोजित कार्यक्रममा तेक्वान्दो संघका पदाधिकारीले खादा र पुष्पगुच्छा प्रदान गरी स्वागत गर्दै कार्यकाल पूर्ण सफलताका लागि सुकलाई शुभकामना दिएका थिए । तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले सुकलाई प्रशंसा पत्र प्रदान गरे भने महासचिव दीपराज गुरुङले माया चिनो प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुकले नेपालमा तेक्वान्दो खेल निकै लोकप्रिय रहेको र खेलाडी संख्या पनि उल्लेख्य रहेको आफूलाई जानकारी भएको धारणा व्यक्त गरे । उनले नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली खेलाडीले उत्कृष्ट नतिजा हासिल गरेकोमा बधाइ दिदै अब टोकियो ओलम्पिकमा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।

No description available.

अध्यक्ष राणाले नेपाली तेक्वान्दोको विकासमा कोरियाली सरकारको महत्वपूर्ण रहँदै आएको स्मरण गर्दै सुकको कार्यकालमा सहयोगले अझ व्यापकता पाउने विश्वास व्यक्त गरे । सो अवसरमा एनटीए डेमो टिमले आकर्षक प्रस्तुती प्रदर्शन गरेका थिए ।

वि.सं.२०७७ चैत ९ सोमवार १६:०५ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...