
१० चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक अहिले बिहान ८ बजे बस्दै छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कानूनका जानकारहरुसँग छलफल गर्ने उद्देश्यले डाकिएको उक्त बैठक सिंहदरबारमा बस्ने बताइएको छ ।
एक स्थायी समिति सदस्यका अनुसार बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने, एमालेमा गएका नेताहरुलाई कारवाही गर्ने, नयाँ सरकार निर्माणका लागि गठबन्धनका साथै पार्टीका आगामी कार्ययोजनालगायतका विषयमा छलफल हुने जनाइएको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने गरी सर्वोच्च अदालतले गरेको फैसलामाथि पुनरावलोकनमा जाने विषयमा पनि छलफल हुने एक स्थायी समिति सदस्यले बताए ।
File Pic