back
CTIZAN AD

जनसम्पर्क समिति बेल्जियमको बैठक सम्पन्न, यी हुन् निर्णयहरु

वि.सं.२०७७ चैत १० मंगलवार

798 

shares

१० चैत्र, बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जियमले भर्चुअल माध्यमद्वारा बैठक सम्पन्न गरेको छ ।

समितिले आगामी पाचौँ अधिवेसन भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि जनसम्पर्क समितीहरुलाई निर्देशित पार्टीको परिपत्र अनुसार आफ्नो बैठक बसी बिभिन्न निर्णयहरु गरेको नेपाली जनसम्पर्क समिती बेल्जियम पाचौँ अधिवेशन मुल तयारी समितीकी संयोजक सीता सापकोटाले बताइन् ।

सोमबार मार्च २२ तारिखका दिन बसेको बैठकमा नेपाली जनसम्पर्क समिती बेल्जियमका संस्थापक अध्यक्ष ध्रुबराज पौडेल, पुर्वअध्यक्ष ईन्द्र क्षेत्री पकवान, निबर्तमान अध्यक्ष शुभाष जोसी सन्तोष, महासमिती सदस्य तथा महाधिवेसन प्रतिनिधीहरु, एनआरएनए बेल्जियमका पुर्वअध्यक्ष प्रेम गुरुंगलगायत नेपाली जनसम्पर्क समिती बेल्जियमको पाचौँ अघिवेसन तयारी समितीका अधिकांश सदस्यहरुको उपस्थिति रहेको संयोजक सापकोटाले जानकारी दिइन् ।

संयोजक सापकोटाका अनुसार उक्त बैठकले निम्न निर्णयहरु गरेको छ :
१) नेपाली काग्रेसका पुर्व सभापती, पुर्व प्रधानमन्त्री तथा शान्ती प्रकृयाका नायक स्वस् गिरिजा प्रसाद कोईरालाको ११ औँ स्मृती दिवसको अवसरमा नेपाली जनसम्पर्क समिती बेल्जियम परिवार उहाँ प्रती भावपुर्ण हार्दिक श्रदान्जली अर्पण गर्दछ।

२) नेपाली काग्रेसका केन्द्रीय सदस्य, पुर्व मन्त्री तथा लोकप्रिय एवं प्रभावशाली युवा नेता नबिन्द्र राज जोसीको नेपाली जनसम्पर्क समिती बेल्जियम परिवार शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।

३) नेपालको संविधान र नेपाली काँग्रेसको बर्तमान विधानले तोकेको अधिकार र परिधी भित्र रही नेपाली जनसम्पर्क समिति वेल्जियमले आफ्नो आगामी पाचौँ अधिवेसनको लागी वेल्जियममा वसोवास गरेका तर यहाँ को नागरिकता नलिएका कांग्रेस समर्थक नेपालीहरूलाई भोलि मिति २३ मार्च मंगलवार बाट पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने प्रक्रिया खुला गराई अगाडी बढाईएको ब्यहोरा यहाँहरु माझ जानकारी गराउँदै जसको सदस्य बन्न ईच्छुक साथीहरु क) नेपाली नागरिकताको फोटो कपी, ख) बहालवाला नेपाली राहदानीको फोटोकपी र ग) पासपोर्ट साईजको एउटा फोटो सहित फाराम भर्नु हुन अनुरोघ गर्दै अन्य साथीहरुको हकमा नेपाली जनसम्पर्क समिती बेल्जियमको सदस्यता समेत खुला गरिएको जानकारी गराउनु चाहान्छु।

४) नेपाली जनसम्पर्क समिती बेल्जियमले आगामी पाचौँ अधिवेशन समपन्न गर्नको लागी बनाईएका समितीहरु भोलीका मिती बाट सकृय भै कार्य गर्न निर्देशन गर्दछ।अन्तमा बैठकमा उपस्थित भई महत्वपूर्ण सरसल्लाह र सुझावको लागी यहाँहरु सबै प्रती हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दै नेपाली जन सम्पर्क समिति वेल्जियमलाई थप सशक्त र एकताबद्ध गर्दै नेपाली समुदाय माझ स्थापित गराउन संस्था प्रति मायाँ र सदभाव राख्ने सबै मीत्रहरूलाई उचित सम्मान र मूल्यांकन सहित समाहित गर्न हदै सम्म लचिलो भै आपसी छलफलको माध्यबाट कहीं कतै तिक्तता र असहमति भए त्यसको उचित निराकरण गर्न निरन्तर लागिरहने समेत प्रतिबद्धता व्यक्त गर्दछु ।
जय नेपाल।
सीता सापकोटा
संयोजक
पाचौँ अधिवेशन मुल तयारी समिती
नेपाली जनसम्पर्क समिती बेल्जियम।

वि.सं.२०७७ चैत १० मंगलवार ०७:३५ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...