back
CTIZAN AD

एनआरएनए एनसीसी बेल्जियमले गर्यो यस्ता निर्णयहरु

वि.सं.२०७७ चैत १० मंगलवार

741 

shares

१० चैत्र, बेल्जियम । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनआरएनए एनसीसी) बेल्जियमको नियमित बैठक २१ मार्चका दिन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष चित्र सुबेदीको अध्यक्षतामा बसेको सो नियमित बैठकले निम्न निर्णयहरु गरेको महासचिव तिर्थराज धमलाले जानकारी दिएका छन्।

यी हुन् एनआरएनए एनसीसी बेल्जियमको नियमित बैठकले गरेका निर्णयहरुः
१) गैर आवासीय नेपाली संघ बेल्जियमको आगामी अधिबेशनको तयारीका लागी संस्थाका महासचिब तिर्थराज धमलाको संयोजकत्वमा संस्थाका सचिवहरु, कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक तथा हरेक क्षेत्रका क्षेत्रिय संयोजकहरु सदस्य रहने गरी सदस्यता बितरण तथा नबिकरण समिती निर्माण गर्ने निर्णय गरेको छ। समितीको लागी सदस्य सचिबको ज़िम्मेवारी संस्थाका सचिब दिपक न्यौपानेलाई दिईएको छ।

२)  क्षेत्रिय संयोजक कारणबस सक्रिय नभएका क्षेत्रहरुमा अन्य सदस्यहरु मध्यबाट ज़िम्मेवारी दिईने निर्णय भएको छ।

३)  गैर आवासीय नेपाली संघको पंजीकृत सदस्य हुन चाहाने ब्यक्तिको आर्थिक गतिबिधी (सदस्यता शुल्क, लेवी, मनोनयन शुल्क वा अन्य कुनै) क्लियर नभएको पाईएमा निजको सदस्यता नबिकरण नगर्ने निर्णय गरिएको छ।

४)  गैर आवासीय नेपाली संघ बेल्जियमले यस अघि नै शुरु गरिसकेको Health Insurance ( Mutualiteit) अभियानका बारेमा अझै पनि बेल्जियमबासी नेपालीहरुमा अझैपनि केही उत्सुकता र अनभिज्ञता देखिएकोले यस अभियानलाई अझ प्रभावकारी बनाउनको लागी एउटा center point बनाई आएका जिज्ञासाहरुलाई तुरुन्त हल गर्ने उद्देश्यले संस्थाका उपाध्यक्ष खड्क के सी संयोजक र संस्थाकै सदस्य मदन दवाडी सदस्य सचिब रहने गरी Health Insurance समन्वय र सहकार्य समिती निर्माण गर्ने निर्णय गरिएको छ।

५) गैर आवासीय नेपाली संघको यस अभियानलाई समन्वय र सहकार्य गरी सफल बनाउन कार्यसमिति सदस्य एवं पदाधिकारी ज्यूहरु, सल्लाहाकार ज्यूहरु, आईसीसी ज्यूहरु, आईसीसी पदाधिकारी ज्यूहरु लगायत सम्पुर्णमा फेरी पनि हार्दिक अनुरोध गर्ने निर्णय गरिएको छ।

वि.सं.२०७७ चैत १० मंगलवार ०७:१७ मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...