मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ । शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ । दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । दिउँसोदेखि पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। समयमा सहयोगी नहुँदा दुःख पाइनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अपराह्नतिर आयस्रोत पनि सबल बन्ने देखिन्छ । सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ । दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, ट
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुने छ। तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ । सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ । मध्याह्नपछि बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ । परिस्थितिजन्य समस्याले अलि दुःख पाइनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । कर्मयोगले आम्दानी समेत बढाउनेछ । दिउँसोदेखि विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ । आँटले काम बन्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । व्यापार बढ्नेछ र अड्किएको रकम पनि उठ्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
चिताएको काम बिग्रनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । मिहिनेतले कीर्तिमानी काम बन्नेछ । तर स्वयं पछि सर्दा आफ्ना कामबाट अरूले फाइदा उठाउनेछन् ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न केही बढी समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । पहिलेका चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसोदेखि आफन्त टाढिनेछन् । सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ । दिउँसोदेखि बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताले कमजोर भएको अनुभूति हुने छ । पढाइलेखाइमा त्यति समय दिन नसकिएला। अरूको विश्वास गर्दा धोका हुन सक्छ । परिस्थितिवश काम गर्न विलम्ब हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। दिउँसोदेखि प्रतिस्पर्धामा उत्रनुपर्ने परिस्थिति देखिन्छ । अरूको चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत बढ्नेछन् ।
२०७७ चैत १० गते, मंगलवार,( २३ मार्च २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज (सोमबार) को राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाईदा !
वि.सं.२०७७ चैत १० मंगलवार ०८:०६ मा प्रकाशित


























