back

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

वि.सं.२०७७ चैत १० मंगलवार

258 

shares
NTC AD
Global IME AD

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्टीकरण माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट उनले ३ दिने अल्टिमेटमसहित स्पष्टिकरण मागेका हुन्।

उनले नेकपा (एमाले) र माओवादी केन्द्र बीचको एकिकरणदेखि अहिलेसम्मका विभिन्न १२ सवालका सन्दर्भमा पार्टी अध्यक्ष ओलीसँग स्पष्टिकरण मागेका हुन् ।

उनले यदि ३ दिनभित्र जवाफ नदिएमा जनता र कार्यकर्ताहरुको भावना र दृढता अनुसार तपाईंलाई जे हुनुपर्ने हो, सोही बमोजिम हुने कुरा लेखेका छन् ।

पार्टी अध्यक्ष ओलीसँग स्पष्टिकरण माग्दै सामाजिक सञ्जालमा अर्यालले लेखेका छन् – ‘ओलीलाई मागेको स्पष्टिकरणमा लेखिएको छ, ‘माओवादी केन्द्र सङ्ग पार्टी एकता किन गर्नुभयो ? एमाले विघटन र जबज परित्यागको कागजमा किन हस्ताक्षर गर्नुभयो ? प्रचण्डसङ्ग आधा आधा सरकारको नेतृत्व गर्ने भनेर किन सहि गर्नुभयो ? सहि गरिसके पछि त्यसको पालना किन गर्नुभएन ? एकीकृत पार्टीको बैठकबाट किन भाग्नुभयो रु संसद किन विघटन गर्नुभयो ? विघटन असम्बैधानिक भनेर अदालतले फैसला गरिसके पछी सार्वजनिक रुपले किन आत्मआलोचना गर्नुभएन ? अदालतले एमाले ब्युताएपछी पार्टीका सम्पुर्ण साङ्ठनिक संरचनाहरुलाई पुनर्स्थापना गर्न किन मान्नुभएन ? नवौ महाधिवेशनले निर्माण गरेको विधान मान्न किन तयार नहुनु भएको हो ? आफ्नो नामको जयजयकार गर्न किन लगाउनु भएको हो ? जयजयकार नै गर्नुपर्ने त्यस्तो काम के गर्नुभएको छ ? पार्टी प्रवेश नगरी, सदस्यता पनि प्राप्त नगरेका मान्छेहरुलाई कसरी केन्द्रिय सदस्य नियुक्त गर्नुभयो ? यस्ता हजारौं प्रश्नहरु छ्न । यी सबै प्रश्नहरुको उत्तर ३ दिन भित्र दिनुहोला । नत्र जनता र कार्यकर्ताहरुको भावना र दृढता अनुसार तपाईंलाई जे हुनुपर्ने हो, सोही बमोजिम हुने कुरा जानकारी गराईन्छ ।’

केहि दिनअघि उनले सामाजिक सञ्जालमा प्रधानमन्त्रीले नेकपा एमालेका केही नेताहरुलाई प्रष्टीकरण सोधेको विषयमा असन्तुष्टि व्यक्त गर्दै लेखेका थिए ‘संसद सिध्याउन खोज्यौ,सकेनौ ! अदालतले पुनर्स्थापना गरिदियो । माओवादीसङ्ग एकता गरेर एमाले र जबज सिध्याउन खोज्यौ, सकेनौ ! एमाले पुनर्स्थापना फेरि त्यही अदालतले गरिदियो । अब इमान्दार नेताहरुलाई प्रष्टिकरणका नाममा सिध्याउन खोज्दैछौ, हेरु !! सक्छौ कि सक्दैनौ !!!!

वि.सं.२०७७ चैत १० मंगलवार ०८:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD