back
CTIZAN AD

वरिष्ठ नेता नेपाललाई महासचिव पोखरेलको प्रश्न ‘पुष्पकमल दाहालसँगको निरन्तर भेटघाट जारी रहनुको अर्थ केहो ?’

वि.सं.२०७७ चैत १० मंगलवार

738 

shares

“माधव नेपालहरु सके नेकपा (एमाले) कब्जा गरेर, नसके विद्रोह गरेर नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न आउनुहुन्छ” भन्ने पुष्पकमल दाहालका सार्वजनिक भनाईहरुप्रति तपाईको मौन समर्थन रहनुको रहस्य वा कारण के हो ? यसबीचमा पनि पुष्पकमल दाहालसँगको निरन्तर भेटघाट जारी रहनुको अर्थ केहो ?

१० चैत्र, काठमााडौँ । सोमबार नेकपा(एमाले)ले एमालेकै असन्तुष्ट नेपाल–खनाल पक्षका ४ जना नेतालाई स्पष्टीकरण सोधेको छ ।

पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको हो।

एमाले महासचिव ईश्वर पोखरेलले चारै नेताको नाममा पत्र पठाइ स्पष्टीकरण माग गरेका छन् । पार्टी केन्द्रीय कार्यालयका तर्फबाट चारै नेतालाई पठाइएको छुट्टाछुट्टै पत्रमा तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिँदै जवाफ नआए विधानबमोजिम कारबाही गर्ने उल्लेख छ ।

पोखरेलले वरिष्ठ नेता नेपाललाई पठाएको पत्रमा १० वटा विषयमा स्पष्टीकरण सोधिएको छ ।

यस्तो छ नेपाललाई पठाइएको स्पष्टीकरण पत्रको पूर्णपाठ :
२०७७ चैत ८
श्री माधवकुमार नेपाल, सदस्य, दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)।
बिषय : स्पष्टीकरण पेश गर्नुहुन ।
तपाई, माधवकुमार नेपालले हाम्रो पार्टी विधान विपरित पार्टी तथा पार्टी नेतृत्वको सरकारविरुद्ध देहाय बमोजिमका क्रियाकलापहरुमा नेतृत्व र अगुवाई के कति कारणले गर्नु भएको हो ?

१) तपाईले साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोपु तयार गर्न, पार्टी विधानको व्यवस्था विपरित छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनाधिकृत रुपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित विपरित कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?

२) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान विपरित सडक तथा अनाधिकृत स्थानमा बसी अनाधिकृत र कानुन विपरित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्य समेतबाट के(कुन आधारमा सडकबाटै कथित निश्कासनको निर्णय गर्नु गराउनु भएको हो ?

३) निर्वाचन आयोगमा पार्टी विधान र हित विपरित पटक(पटक तपाई र तपाई समेत भई विभिन्न प्रकारका निवेदनहरु के(कति कारणले गर्नु गराउनु भएको हो ?

४) पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिन्ह र झण्डासमेत कुनै एउटा समूह वा गुटले मात्र प्रयोग गर्ने गराउने उद्देश्यका साथ विभिन्न कथित निवेदन लिई निर्वाचन आयोगमा पटक(पटक किन जानुभएको हो ?र, पार्टी फुटाउँदा के-कुन उद्देश्य हासिल हुने हो ?

५)पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत्र ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गरी मिति २०७७ चैत्र ४ र ५ गते कथित राष्ट्रिय भेला गरेको, विभिन्न अन्य भेलाहरु निरन्तर गरिरहेको, विभिन्न पार्टी कमिटी तथा भातृसंगठनहरुको भेला गरी अनाधिकृत रुपले विभिन्न कार्य गरीरगराई पार्टी फुटाउन नेतृत्व र अगुवाई किन गर्नुभएको हो ?

४) तपाईले आफ्नै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको लोकप्रिय सरकारका विरुद्ध संसद, सञ्चार(माध्यम र सडकबाट निरन्तर विरोध गरेको र आफ्नै सरकारका विरुद्ध आफ्नो दलका नेता एवम् प्रधानमन्त्रीलाई थाहै नदिई छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गरेको, प्रतिनिधिसभाका कतिपय माननीय सदस्यहरुलाई भ्रम तथा प्रलोभनमा पारी हस्ताक्षर गराएको र कतिपय माननीय सदस्यहरुको फर्जी हस्ताक्षर समेत गरी मिति २०७७ पुस ५ गते संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरेको जस्तो गर्नै नहुने अत्यन्तै हानिकारक र अनुशासनहीन काम किन गर्नुभयो ?

७) सम्मानीत सर्वोच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसला पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीका दशौं, एघारौं र बाह्रौं बैठक र संसदीय दलका बैठकहरुमा समेत उपस्थित हुनुको साटो पार्टीको विधान र निर्देशन विपरित पार्टी र जनसंगठनहरुको नाम, झण्डा र चिन्हको दुरुपयोग गरी समानान्तर संगठन निर्माण गर्ने र कथित राष्ट्रिय कार्यकर्ता भेला तथा विभिन्न नामका कथित भेलाहरु आयोजना गर्नु र पार्टी र पार्टीको एकता विरोधी प्रस्ताव प्रस्तुत एवम् पारित गर्नु र गराउनुको कारण के हो ?

८) विपक्षी राजनीतिक दलहरुसँग गठबन्धन गरी आफ्नो पार्टीको अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन र अन्य राजनीतिक पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन षडयन्त्र गर्नुको कारण के हो ?

९)“माधव नेपालहरु सके नेकपा (एमाले) कब्जा गरेर, नसके विद्रोह गरेर नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न आउनुहुन्छ” भन्ने पुष्पकमल दाहालका सार्वजनिक भनाईहरुप्रति तपाईको मौन समर्थन रहनुको रहस्य वा कारण के हो ? यसबीचमा पनि पुष्पकमल दाहालसँगको निरन्तर भेटघाट जारी रहनुको अर्थ केहो ?

१०) माथि उल्लेखित क्रियाकलापहरुका साथै तपाईले पार्टी हित विपरित पार्टीको बैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी विधान तथा निर्णय विपरित गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको, पार्टी प्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलापहरु सञ्चालन गरेरगराएको, पार्टी कमिटीको गोपनियता भंग गरेरगराएको, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरेरगराएको, केन्द्रीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशन विपरित विभिन्न कार्यहरु निरन्तर गरिरहेकोरगराइरहेको र यस्ता अवाञ्छित क्रियाकलापहरुमा पार्टीका जिम्मेवार व्यक्तिहरुलाई सम्मिलित गराएकोरउक्साएको, अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहीत विपरित काम गरेरगराएको, पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने भनि उल्लेखित कर्तव्यको उल्लंघन गरेरगराएको समेत प्रष्ट देखिएकोले यस्तो क्रियाकलाप निरन्तर गरीरगराई पार्टी हित विपरित, पार्टीको एकता, अक्षुण्णता र अग्रगामी कार्यको विरुद्ध, पार्टीले राष्ट्रहीत तथा जनहीतका लागि गरिरहेको र गर्नुपर्ने कार्यलाई रोक्ने र पार्टी जीवन तथा समग्र पार्टीमाथि नै आँच आउने गरी पार्टीलाई विभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलापहरु गरे/ गराएको देखिएकोले त्यस्ता विभिन्न क्रियाकलापहरु के-कति कारणले निरन्तर गर्नु गराउनु भएको हो “मिति २०७७ चैत ७ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बाह्रौं बैठकको निर्णय बमोजिम माथी उल्लिखित बिषयहरुमा तपाईले पार्टी विधानको धारा ४९ ९क० को १, २, ३, ४, ५, ६, ७, ९, १० र १४ को उल्लंघन गरेको सप्रमाण देखिएकोले तपाईलाई पार्टी विधान बमोजिम कारवाही किन नगर्ने  ? यस सम्बन्धमा माथि उल्लेखित सबै विषयहरुमा स्पष्ट पार्न तपाईलाई तीन दिनको समय दिईएको छ । तीन दिनभित्र स्पष्टीकरण सहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावली बमोजिम कारवाही हुने व्यहोरा अवगत गराईन्छ ।

ईश्वर पोखरेल
महासचिव

वि.सं.२०७७ चैत १० मंगलवार ०९:१३ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...