back
CTIZAN AD

इन्टरर्नसिप नेपालमै गर्न पाउने माग गर्दै चीनबाट फर्केका डेढसय विद्यार्थीद्धारा काउन्सीलमा धर्ना

वि.सं.२०७७ चैत १० मंगलवार

654 

shares

१० चैत, काठमाडौं । कोरोना महामारीका बेला चीनबाट नेपाल फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थी इन्टरर्नसिप पूरा गर्न नपाउँदा समस्यामा परेका छन् ।

चीन फर्कने ग्यारेन्टी नभएकोले बाँकी इन्टर्नसिप नेपालमै पूरा गर्न पाउनुपर्ने उनीहरुको माग छ । विभिन्न विश्वविद्यालयका १ सय ५२ विद्यार्थीले इन्टर्नसिप सुनिश्चितताको माग गर्दै सोमबारदेखि मेडिकल काउन्सीलमा धर्ना सुरु गरेका छन् ।

‘मेरो ४ महिनामा मात्र इन्टरर्नसिप बाँकी छ, विश्वविद्यालय र दूतावासले कहिले चीन बोलाउँछ थाहा छैन,’ छात्रा मिमांशु खतिवडाले भनिन्, ‘पढाई पूरा गरेर काम थाल्नु पर्ने बेलामा अनिश्चित भएर बस्नु परेको छ ।’ उनका अनुसार ३ देखि १० महिनासम्मको इन्टरर्नसिप अवधि बाँकी भएका छात्रछात्रा विचल्लीमा परेका मंगलबारको कान्तिपुर दैनिकमा समाचार छ ।

चीनस्थित नेपाली दूतावास र नेपालस्थित चिनिया दूतावासले तत्काल विद्यार्थी लैजान सक्ने परिस्थिति नभएकाले यही सहजीकरण गर्न शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन् । शिक्षा मन्त्रालयमा भएको छलफलमा काउन्सिलका पदाधिकारी इन्टरर्नसिप नेपालमै गर्नदिने बारे सकारात्मक नदेखिएको विद्यार्थीहरुको गुनासो ।

गत वर्ष चीनको वुहानबाट सहरबाट कोरोना संक्रमण फैलिदएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी देश फर्केका थिए ।

वि.सं.२०७७ चैत १० मंगलवार ०९:१४ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...