१० चैत, काठमाडौं । मंगलबार बसेको स्थायी समितिको बैठकले कानुनविद्हरुको राय लिएसँगै (नेकपा माओवादी केन्द्र) ले सर्वोच्च अदालतमै पुनरावेदन दिने मनस्थिति बनाएको छ ।
सर्वोच्च अदालतले वादीको दावीभन्दा बाहिर गएर अनावस्यक बोलेको पृष्ठभूमिमा पार्टी एकता खारेज गराइएकोले पुनरावेदन जानु उपर्युक्त हुने सल्लाह पाए बमोजिम नेकपा (माओवादी केन्द्र) ले पुनरावेदनको तयारी गर्ने भएको हो ।
आफु् निकट पूर्व महान्यायाधिवक्ताहरु रमणकुमार श्रेष्ठ, मुक्ति प्रधान, अधिवक्ता तथा सांसद रामनारायण विडारी एवं वरिष्ठ अधिवक्ता शम्भु लगायतका कानुनविद्सँग परामर्श गरेको सो पार्टीले अदालतबाट एकताको ढोका पुन खुलाउने विश्वास गरेको छ ।
वि.सं.२०७७ चैत १० मंगलवार १२:०९ मा प्रकाशित






























