back
CTIZAN AD

आफुहरुमाथि स्पष्टीकरण सोध्नु लाजमर्दो भएको भन्दै उपाध्यक्ष रावलले भने- अब ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ

वि.सं.२०७७ चैत १० मंगलवार

750 

shares

१० चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अब पार्टी अध्यक्ष केपी शर्मा ओलीलाईनै स्पष्टीकरण सोध्नु पर्ने बताएका छन् ।
माधव नेपाल समुहका आजदेखि सुरु भएको विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले स्पष्टीकरण आफूहरुलाई नभएर अध्यक्ष ओलीलाई सोध्नुपर्ने बताएका छन् ।

सम्बोधनका क्रममा उपाध्यक्ष रावलले पार्टी विधानको निरन्तर उल्लंघन गर्नेले नै आफूहरुलाई स्पष्टीकरण सोध्ने कुरा लाजमर्दो भएको समेत बताएका छन् ।

महाधिबेशनले निर्वाचित गरेका पदाधिकारीलाई पदमुक्त गर्ने, पार्टी सदस्य नै नभएकालाई सदस्यमा मनोनयन गर्ने तथा राष्ट्रिय महाधिबेशन आयोजक गठन गर्ने ओलीको निर्णय पार्टी विधान विपरित भएको भन्दै उपाध्यक्ष रावलले आक्रोशित शैलीमा भने–‘नवौ महाधिबेशनको निर्णयबाट बनेको बिधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ?’

उपाध्यक्ष रावलले आफूहरुमाथि सोधिएको स्पष्टीकरणलाई नक्कली केन्द्रीय कमिटीको अवैधपत्र भन्दै त्यस्तो नक्कली लुगा फुकालेर जनतामा जस्ताको तस्तै ल्याइदिने समेत बताए ।

वि.सं.२०७७ चैत १० मंगलवार १४:३७ मा प्रकाशित

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

ठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने...

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको दुःखद...

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म...

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,...

आज साउन १५, खिर खाएर मनाइँदै

आज साउन १५, खिर खाएर मनाइँदै

काठमाडौँ । आज साउन १५ गते । नेपाली समाजमा खिर...

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

काठमाडौँ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित...