
१० चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अब पार्टी अध्यक्ष केपी शर्मा ओलीलाईनै स्पष्टीकरण सोध्नु पर्ने बताएका छन् ।
माधव नेपाल समुहका आजदेखि सुरु भएको विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले स्पष्टीकरण आफूहरुलाई नभएर अध्यक्ष ओलीलाई सोध्नुपर्ने बताएका छन् ।
सम्बोधनका क्रममा उपाध्यक्ष रावलले पार्टी विधानको निरन्तर उल्लंघन गर्नेले नै आफूहरुलाई स्पष्टीकरण सोध्ने कुरा लाजमर्दो भएको समेत बताएका छन् ।
महाधिबेशनले निर्वाचित गरेका पदाधिकारीलाई पदमुक्त गर्ने, पार्टी सदस्य नै नभएकालाई सदस्यमा मनोनयन गर्ने तथा राष्ट्रिय महाधिबेशन आयोजक गठन गर्ने ओलीको निर्णय पार्टी विधान विपरित भएको भन्दै उपाध्यक्ष रावलले आक्रोशित शैलीमा भने–‘नवौ महाधिबेशनको निर्णयबाट बनेको बिधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ?’
उपाध्यक्ष रावलले आफूहरुमाथि सोधिएको स्पष्टीकरणलाई नक्कली केन्द्रीय कमिटीको अवैधपत्र भन्दै त्यस्तो नक्कली लुगा फुकालेर जनतामा जस्ताको तस्तै ल्याइदिने समेत बताए ।