back
CTIZAN AD

पदाधिकारीविहीन लोकसेवा आयोग, कर्मचारी भर्ना र बढुवा ठप्प

वि.सं.२०७७ चैत ११ बुधवार

1.3K 

shares

११ चैत, काठमाडौं । अध्यक्षसहित पाँच जनाको कार्यकाल मंगलबारदेखि सकिएपछि लोकसेवा आयोग पदाधिकारी विहिन भएको छ ।

पदाधिकारी नहुँदा आयोगको संलग्नतामा गरिने कर्मचारी भर्ना लगायतका काम पनि ठप्प हुने भएको छ ।

आयोगका अध्यक्ष उमेश मैनाली, सदस्यहरु ब्रिन्दा हाडा, अशोककुमार झा, कृष्णचन्द्र झा र बह्रमदेव रायको पदावधि सकिएको हो ।

सदस्यहरु गोविन्द प्रसाद कुसुम र श्रीपुरुष ढकालको पदाबधि यसअघि नौ सकिएको थियो । उनीहरु २०७१ चैतमा नियुक्त भएका थिए । यसअघि सात जनाको आयोग थियो । नयाँ संविधान अनुसार अब पाँचजना पदाधिकारी हुनेछन् । प्रधानमन्त्री अध्यक्ष रहेको संबैधानिक आयोगका अध्यक्षसहितका पदाधिकारीले नियुक्त गर्ने संबैधानिक व्यवस्था छ ।

सरकारले जारी रहेको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको भावनाविपरित भएको भन्दै प्रतिनिधिसभामा विपक्षी दलहरुले विरोध जनाइरहेका छन् ।

यस्तो अवस्थामा लोकसेवा आयोगमा तत्काल पदाधिकारी नियुक्त हुन अप्ठेरो छ । आयोगको संलग्नतामा निजामति कर्मचारी, सेना, प्रहरी, संस्थानलगायत १ सय १९ संगठित संघसंस्था सम्बन्धी कानुनी परामर्श गराई पदपूर्ति प्रक्रिया व्यवस्थित गरिँदै आएको छ । बुधबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७७ चैत ११ बुधवार ०८:३४ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...