back
CTIZAN AD

घुम्न निस्किएका दुई छात्रालाई बन्धक बनाएर ९ दिनसम्म ‘करणी’

वि.सं.२०७७ चैत ११ बुधवार

612 

shares

११ चैत, काठमाडौं । दुई छात्रालाई बन्धक बनाएर करणी गरेको आरोपमा २३ वर्षीय र १४ वर्षीय किशोर पक्राउ परेका छन् ।

रुकुमकोट कमलदह घुम्ने उद्धेश्यले गत चैत १ मा भूमे गाउँपालिकाका कक्षा ८ मा पढ्ने १४ र १५ वर्षीया दुई किशोरी परिवारलाई खबर नगरी घरबाट निस्किएका थिए । सदरमुकाम पुग्नै लाग्दा दुवैलाई लिन मोटरसाइकलसहित दुइ युवा उनीहरुलाई लिन आए । तर घुम्न गएका उनीहरुलाई रुकुमकोट पुर्याएर दुई युवाले बन्धक बनाएर करणी गरेको आरोप लागेको छ ।

पीडित किशोरीका परिवारले २३ वर्षीय युवाले आफू बस्दै आएको जिल्ला अस्पतालको पुरानो भवनमा ९ दिनसम्म किशोरीहरुलाई बन्धक बनाएर निरन्तर करणी गरेको आरोप लगाएको बुधबारको कान्तिपुर दैनिकमा समाचार छ ।

उक्त घटनामा अर्का १४ वर्षीय किशोर पनि संलग्न रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मान बहादुर बुढाथोकीका अनुसार उनीहरुलाई बिहानै दिसापिसाबका लागि बाहिर लैजाने र फेरि कोठाभित्रै थुन्ने गरेको पाइएको छ ।

उनीहरुलाई हल्ला गरेमा मारिदिने भनेर बन्धक बनाइएको बताइएको छ । ९ दिनदेखि हराएका उनीहरुलाई परिवारले खोजि गरिदिन भनेर प्रहरीमा निवेदन दिएपछि खोजतलासमा लागेको सूचना अधिकारी बुढाथोकी बताउँछन् ।

बालिकाहरुको हुलियाको आधारमा खोजतलास गर्दा एउटा कोठाभित्रबाट बाहिरबाट ताल्चा लगाएको अवस्थामा किशोरीहरु फेला परेका थिए । ‘शंका लागेका ती युवालाई कोठाबाहिरै फेला पारियो र उसकै सूचनाका आधारमा किशोरीहरु फेला परेका थिए,’ बुढाथोकिले भने, ‘उनीहरुलाई खाटमुनि असजिलो गरी सुताइएको रहेछ ।’ घटनामा संलग्न रहेका अर्का किशोर पनि समातिएका छन् ।

वि.सं.२०७७ चैत ११ बुधवार ०८:५७ मा प्रकाशित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...